back
CTIZAN AD

रुसी आक्रमणमा आठ जनाको मृत्यु

वि.सं.२०८३ साउन १४ बिहीवार

60 

shares

किएभ । रुसले बिहीबार बिहान युक्रेनका विभिन्न क्षेत्रमा गरेको व्यापक क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन् । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टामै यी आक्रमण भएका हुन् ।

स्थानीय अधिकारीहरूका अनुसार मध्य युक्रेनको क्रिभी रिह नजिकैको एक गाउँमा ब्यालिस्टिक क्षेप्यास्त्र घरमा खस्दा चार जना वयस्क र पाँच तथा १२ वर्षका दुई बालिकासहित छ जनाको मृत्यु भएको छ । उक्त आक्रमणमा अन्य आठ जना घाइते भएका छन् । क्रिभी रिह रक्षा परिषद्ले भग्नावशेष हटाउने काम जारी रहेकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने जनाएको छ ।

पूर्वी पोल्टावा क्षेत्रमा ड्रोन आक्रमणबाट गोदाममा कार्यरत एक जनाको मृत्यु भएको छ भने पश्चिमी सहर ल्भिभमा भएको अर्को आक्रमणमा कम्तीमा १५ जना घाइते भएका छन् ।

राजधानी किएभमा पनि रुसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको स्थानीय अधिकारीहरूले बताएका छन् । सहरको सैन्य प्रशासनका अनुसार एक जनाको मृत्यु भएको छ भने कम्तीमा दुई जना घाइते भएका छन् । राजधानीका मेयर भिटाली क्लिट्स्कोले सहरका विभिन्न जिल्लामा आगलागी भएको जानकारी दिँदै थप आक्रमणको जोखिम कायम रहेकाले नागरिकलाई सुरक्षित आश्रयस्थलमै बस्न आग्रह गरेका छन् । किएभको पूर्वी क्षेत्रमा भएको अर्को आक्रमणमा थप पाँच जना घाइते भएका छन् ।

राष्ट्रपति जेलेन्स्कीले बुधबार राति सामाजिक सञ्जाल एक्समार्फत रुसले ठूलो आक्रमणको तयारी गरिसकेको भन्दै देशभर हवाई आक्रमणको चेतावनीलाई गम्भीरतापूर्वक लिन नागरिकलाई आग्रह गरेका थिए । उनले युक्रेनका साझेदार राष्ट्रसँग हवाई प्रतिरक्षा प्रणालीका लागि आवश्यक क्षेप्यास्त्र उपलब्ध गराइदिन पुनः अनुरोध पनि गरेका छन् ।

जेलेन्स्कीले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेटवार्ता गर्दै युक्रेनमै प्याट्रियट इन्टरसेप्टर क्षेप्यास्त्र उत्पादन गर्ने सम्भावनाबारे छलफल गर्नुभएको थियो । उहाँका अनुसार ट्रम्पले प्याट्रियट प्रणाली उत्पादनसम्बन्धी अनुमति दिन सकारात्मक धारणा व्यक्त गरेका छन् ।

किएभमा एएफपीका संवाददाताले हवाई आक्रमणको साइरनसँगै लगातार विस्फोटको आवाज सुनेका थिए । आपत्कालीन सेवाले सार्वजनिक गरेका तस्बिरमा अग्निनियन्त्रकहरूले क्षतिग्रस्त भवनमा लागेको आगो निभाउँदै र भग्नावशेषमा खोज तथा उद्धार गरिरहेको देखिएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार गत महिना अप्रिल २०२२ यताकै सबैभन्दा बढी सर्वसाधारणको ज्यान जाने महिना बनेको थियो । पछिल्ला महिनामा रुसले युक्रेनका विभिन्न सहरमा लामो दूरीका क्षेप्यास्त्र र ड्रोन आक्रमण तीव्र बनाएको छ भने युक्रेनले पनि मस्कोलाई वार्ताको टेबलमा ल्याउने उद्देश्यले रुसभित्र जवाफी आक्रमण बढाएको छ ।

युक्रेनले हाल प्याट्रियट पीएसी–३ इन्टरसेप्टर क्षेप्यास्त्रको अभाव सामना गरिरहेको छ । फेब्रुअरीमा इरानविरुद्ध अमेरिका र इजरायलले सुरु गरेको युद्धपछि ती प्रणालीको विश्वव्यापी माग बढेकाले युक्रेनमा आपूर्ति झन् कठिन बनेको बताइएको छ । युक्रेनले रुसका बढ्दो ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण रोक्न प्याट्रियट प्रणालीलाई सबैभन्दा प्रभावकारी प्रतिरक्षा माध्यमका रूपमा लिएको छ ।(रासस/एएफपी) 

वि.सं.२०८३ साउन १४ बिहीवार १३:२५ मा प्रकाशित

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा...

प्रतिनिधिसभा-शून्य समयः जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा-शून्य समयः जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिनुहुने सांसदहरुले...

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न अखिल नेपाल महिला संगठनको माग

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न अखिल नेपाल महिला संगठनको माग

काठमाडौं । अखिल नेपाल महिला संगठनले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा...

पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

पेसावर (पाकिस्तान) । उत्तरी पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रहरी चौकीमाथि...

पुरुष कर्मचारीलाई पनि प्रसूति स्याहार बिदा दिन मानव अधिकार आयोगको सिफारिस

पुरुष कर्मचारीलाई पनि प्रसूति स्याहार बिदा दिन मानव अधिकार आयोगको सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पत्नी सुत्केरी हुँदा सरकारी,...

युवा नेतृत्व, उद्यमशीलता र प्रेरणाको उत्सवः काठमाडौं युथ कन्क्लेभ काठमाडाैँमा हुँदै

युवा नेतृत्व, उद्यमशीलता र प्रेरणाको उत्सवः काठमाडौं युथ कन्क्लेभ काठमाडाैँमा हुँदै

काठमाडौं । युवाको नेतृत्व, प्रेरणा, उद्यमशीलता र नागरिक सहभागितालाई सशक्त...