back
CTIZAN AD

मृतकका परिवार र नेपाल सरकारबीच ६ बुँदे सम्झौता

वि.सं.२०८३ साउन १५ शुक्रवार

273 

shares

सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको दुःखद घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा नेपाल सरकारबीच ६ बुँदे सहमति भएको छ। शुक्रबार गृह मन्त्रालयमा गृहमन्त्री सुदन गुरुङको उपस्थितिमा मृतकका परिवारका अभिभावक र गृह मन्त्रालयबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने प्रतिबद्धता जनाएको छ। साथै प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने सहमति भएको छ।

यस्तै, साउन १० गते देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ। घटनासँग सम्बन्धित सबै पक्षको सत्यतथ्य बाहिर ल्याउन छानबिनलाई निष्पक्ष बनाइने सरकारको प्रतिबद्धता छ।

सम्झौतामा देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयहरूको आवश्यक अध्ययन र छानबिन तत्काल सुरु गर्ने विषय पनि समावेश गरिएको छ। यसका साथै मृतकका प्रत्येक परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने सहमति भएको छ।

त्यसैगरी, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसलाई प्रचलित कानुनबमोजिम कार्यान्वयन गरिने र मृतकहरूको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी स्मृति पार्क निर्माण गर्ने विषयमा समेत सरकार सहमत भएको छ।

सम्झौतापछि गृह मन्त्रालयले जारी गरेको वक्तव्यमा गृहमन्त्री सुदन गुरुङले देवानगञ्ज घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्। सरकारले पीडित परिवारसँग भएको सहमतिप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाउँदै सत्य, न्याय, कानुनी शासन तथा नागरिकको विश्वास कायम राख्न आवश्यक सबै कदम चालिने विश्वास दिलाएको छ।

उक्त सम्झौतापत्रमा मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावकका तर्फबाट हस्ताक्षर गरिएको छ भने नेपाल सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरुङले हस्ताक्षर गरेका छन्। सम्झौतासँगै घटनापछि जारी आन्दोलन अन्त्य गरी शान्तिपूर्ण वातावरण कायम गर्न दुवै पक्षले सहकार्य गर्ने अपेक्षा गरिएको छ।

वि.सं.२०८३ साउन १५ शुक्रवार ११:४६ मा प्रकाशित

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...