back
CTIZAN AD

प्रधानमन्त्री बालेनले थाले मधेशका नेताहरूसँग छलफल

वि.सं.२०८३ साउन १५ शुक्रवार

48 

shares

ठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा सुनसरीसहित मधेशका केही जिल्लामा पछिल्ला दिनमा उत्पन्न तनावपूर्ण अवस्थाबारे समीक्षा गर्दै समाधानका उपायहरूमा केन्द्रित छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने, राजनीतिक दलहरूबीच साझा समझदारी निर्माण गर्ने तथा स्थानीय समुदायमा विश्वासको वातावरण सिर्जना गर्ने विषयमा विशेष जोड दिइएको बताइएको छ। प्रधानमन्त्री शाहले सबै राजनीतिक दललाई संयम, संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेकाे स्रोतले जनाएको छ।

यसअघि प्रधानमन्त्री शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीलगायतका घटनाप्रति दुःख व्यक्त गर्दै कुनै पनि प्रकारको उत्तेजना, अफवाह वा हिंसात्मक गतिविधिबाट टाढा रहन सबै नागरिकलाई अपिल गरेका थिए । उनले सत्यतथ्यका आधारमा निष्पक्ष छानबिन हुने र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता पनि व्यक्त गरेका  थिए

वर्तमान परिस्थितिबारे प्रधानमन्त्री शाहले यसअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरी समग्र सुरक्षा अवस्था र राजनीतिक परिस्थितिबारे जानकारी गराएका थिए । साथै आज उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग टेलिफोन संवाद गरी मधेश क्षेत्रमा देखिएको अवस्थाबारे छलफल गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सरकारले मधेशमा देखिएको संवेदनशील अवस्थालाई संवाद, कानुनी प्रक्रिया र सबै पक्षको सहकार्यबाट समाधान गर्ने नीति लिएको जनाउँदै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर आवश्यक कदम अघि बढाइने जनाएको छ।

वि.सं.२०८३ साउन १५ शुक्रवार ११:५६ मा प्रकाशित

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने

काठमाडौँ । काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन । बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक...

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर (झापा) । यहाँकोे बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको...

भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द

भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द

काठमाडौँ । नेपाल सरकारको निर्णयअनुसार भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयसहित...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...