back
CTIZAN AD

हेटौँडाको दक्षिणकाली मन्दिरमा दर्शनार्थीको आकर्षण

वि.सं.२०८३ साउन १५ शुक्रवार

120 

shares

बागमती । हेटौँडा उपमहानगरपालिका–५ सानोपोखरामा अवस्थित दक्षिणकाली मन्दिर यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ ।

हेटौँडाको व्यस्त बजारबाट करिब एक किलोमिटर दक्षिणपश्चिममा रहेको यस मन्दिरमा बिहान बेलुका साथै विशेषगरी सार्वजनिक बिदाको दिन र महत्वपूर्ण तिथिमा दर्शनार्थीहरू आउने गरेको दक्षिणकाली मन्दिर क्षेत्र पर्यटन विकास समितिका कोषाध्यक्ष लक्ष्मीबहादुर श्रेष्ठले जानकारी दिए ।

प्रत्येक वर्ष दसैँको नवरात्रका समयमा हेटौँडा र आसपासका क्षेत्रबाट सङ्ख्यामा दर्शनार्थी आउने गरेका छन् ।

मन्दिर स्थापनाको इतिहास भने त्यति लामो नभएको उल्लेख गर्दै उहाँले काठमाडौँ चाल्नाखेलस्थित दक्षिणकालीकै स्वरुपमा यस मन्दिरको निर्माण गरिएको बताए ।

सुरुमा हाल मन्दिर भएको ठाउँमा तत्कालीन सांसद लोकबहादुर थापाको सहयोगमा चौर बनाइएको थियो ।

कोषाध्यक्ष श्रेष्ठका अनुसार यस चौरमा सानो पोखरा युवा क्लबले खेल मैदान बनाउन खोजे पनि ठाउँ पर्याप्त नभएपछि स्थानीयवासीको सक्रियतामा दक्षिणकालीको मन्दिर निर्माण गरिएको हो ।

काठमाडौँको दक्षिणकालीकै स्वरुपमा चाल्नाखेलमा मूर्ति बनाउन लगाएर स्थापित गरी २०६५ जेठ १७ मा मन्दिरको विधिवत् उद्घाटन गरिएको उहाँले जानकारी दिनुभयो ।

मन्दिर स्थापनायता यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न दक्षिणकाली मन्दिर क्षेत्र पर्यटन विकास समिति निरन्तर लागिरहेको छ ।

मन्दिरलाई पर्यटनसँग जोड्नका लागि यहाँ परिसरमा वनभोजस्थल निर्माण गरिएको छ । मन्दिरको अन्य कुनै आयआर्जनको स्रोत नभएपछि वनभोजस्थललाई उपयोग गर्न दिएबापत केही शुल्क सहयोगस्वरुप लिने गरिएको छ ।

वनभोजका लागि आउने समूहलाई यहाँ रहेका जालीसहितको ट्रष्ट उपयोग गरेबापत दुई हजार, मन्दिरको उत्तरतर्फ रहेको ट्रष्ट उपयोग गरेबापत एक हजार ५०० रुपैयाँ तथा परिसरमा नै रहेका अन्य दुई वटा स्थल उपयोग गरेबापत एक÷एक हजार रुपैयाँ सहयोग शुल्क लिने गरिएको उनले जानकारी दिए ।

मन्दिरको पूजाआजा एवं संरक्षण गरेबापत पुजारीलाई मासिक नौ हजार रुपैयाँका साथै वनभोजस्थल उपयोगका लागि दिएबापत आउने सहयोग शुल्कमध्येबाट दुई÷दुई सय रुपैयाँका दरले पारिश्रमिक स्वरुप उपलब्ध गराउने गरिएको उनले जानकारी दिए ।

संस्थालाई विधिवत् रुपमा सञ्चालनका लागि विधान दर्तासँगै समाजकल्याण परिषद्मा दर्ता गरिएको उनले जानकारी दिए ।

विभिन्न विवाह तथा धार्मिक कार्यमा वनभोजस्थलमा रहेका ट्रष्टको उपयोग गरेबापत सोहीअनुरुप नै सेवा शुल्क लिइने तथा परिसरमा निर्माण गरिएको संरचना उपयोग गरेबापत पाँच सय रुपैयाँ दरले सेवा शुल्क लिने गरिएको छ ।

पूर्वाधार विकासका साथै तिनीहरूको संरक्षण र उपयोग गर्दै मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्यअनुसार नै संस्था निरन्तर रुपमा लागिरहेको उनले बताए ।

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०० मा प्रकाशित

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन...