१९ असार एजेन्सी । कन्फेडेरसन कप सुरु हुन अगाडि खेलाडी छनोट गर्ला जर्मन फुटबल बोर्डको चौतर्फी आलोचना भयो त्यसको कारण थियो कन्फेडेरसन कप खेल्नका छनोट गर्दा नाम नै नसुनेका खेलाडीहरु छनोट गरेको भनेर । जर्मन फुटबललाई एउटा चुनौती थियो एकै पटक हुन् गईरहेको युरो अन्डर २१ ख्ेल्ने खेलाडी र कन्फेडेरसन कप खेल्ने दुईओटा सुमह ४६ सदस्यीय खेलाडीको समुह बनाउने चुनौती रहेको थियो । तर पनि जमृन फुटबल बोर्डले युवा खेलाडीहरुलाई मौका दिनुपर्छ भनेर कन्फेडेरसन तथा युरो अन्डर २१खेल्ने खेलाडीहरुको २३ २३ सदस्यीय बनाएको थियो । जर्मनीले कन्फेडेरसन कपमा भेट्रान खेलाडीहरु मेजुट ओजिल, टोनी क्रुस, गोमेज, गोट्जे, बोइटाङ, हमेल्स लगायतका सिनियर खेलाडीहरुलाई आराम दिएर क्लब फुटबलमा भर्खरै प्रभाज जमाउन थालेका युवा खेलाडीहरुलाई खेलाएको थियो अझ युरो अन्डर २१ म त कन्फेडेरसन कपमा समेत नखेलाईएका किशोरहरु समावेश तेस्रो टिमलाई मौका दिएको थियो यस रणनितीमा जर्मनी सफल देखियो ।
कन्फेडेरसन कपबाट जर्मनीले निकै प्रतिभाशाली खेलाडीहरु पाएको छ । क्लब फुटबलमा पेरिस सेन्ट जर्मनबाट खेल्ने जुलियन डल्याक्जरले निकै परिपक्व खेल पस्कदै जर्मनी टोलीलाई उपाधिको यात्रा तय गर्न ठुलो भुमिका खेलेका थिए । यस्तै बुन्डेसलिगामा रेडबुल लाईपजिगलाई दास्रो स्थानमा पु¥याउन भुमिका खेलेका टिमो वेर्नरले आफुलाई फेरिपनि अब्बल प्रमाणित गरेका छन् । वार्सिलोनाका किपर मार्क टर स्टेगनले निकै राम्रो खेल खेलेका थिए । यस्तै लार्स स्टिन्डी, लेरोए साने, मुस्ताफी, हेक्टर, किमिच जस्ता खेलाडीहरुले जर्मन फुटबललाई पुन अर्को गन्तव्यमा पु«¥याउने स्पस्ट मार्ग चित्र तय गसिकेका छन् । फाईनलमा चिली जस्तो बलियो तथा सन्तुलित टिमलाई हराउनु् चानेचुने कुरा पक्कै होईन । यरो अन्डर २१ र कन्फेडेसन कपको उपाधि मात्र नभई जर्मनीले निकै प्रतिभावान खेलाडी समेत पाएको छ । जसको लागि जर्मन टिमका प्रशिक्षक जोचेम लोको भुमिका नर्कान सकिन्न । यसै गरी एक वर्ष पछि हुन् गईरेहको विश्वकपमा जर्मनी पुनः दावेदारको रुपमा निश्चित छ ।
वि.सं.२०७४ असार १९ सोमवार ०७:३१ मा प्रकाशित

























