back
CTIZAN AD

आर्थिक समृद्धिको आधार नै स्थानीय तह – उपप्रधानमन्त्री महरा

वि.सं.२०७४ असार २६ सोमवार

723 

shares

२६ असार, रत्ननगर (चितवन) । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले स्थानीय तह आर्थिक समृद्धिको आधारका रुपमा खडा भएको बताउनुभएको छ ।

निर्वाचनसँगै आर्थिक समृद्धिको ढोका खुलेको र अहिले स्थानीय तहको बहुआयामिक भूमिका रहेको उहाँले बताउनुभयो ।

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उपप्रधानमन्त्री महराले आज चितवनस्थित रत्ननगर उद्योग वाणिज्य सङ्घको अठारौँ साधारणसभालाई सम्बोधन गर्दै तीनवटै तहको निर्वाचनपछि भने आर्थिक विकासले फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो । “समृद्धिको आधार भनेको गाउँ र नगरको विकास हो, स्थानीय निकायलाई पर्याप्त बजेट छ,” मन्त्री महराले भन्नुभयो – “समृद्ध गाउँ बनाउन अब सबै जुट्नुपर्छ ।”

नेपालको संविधानले तीन खम्बे अर्थनीति अवलम्बन गरेको सन्दर्भ जोड्दै उहाँले नेपालमा साधन र स्रोतको कुनै कमी नभएको बताउनुभयो । “हामी स्रोतसाधनमा धनी छौँ, राष्ट्रिय भिजन बनाउने हो भने अरू देशको तुलनामा नेपालमा छिटो विकास गर्न सकिन्छ”, मन्त्री महराले भन्नुभयो ।

पछिल्लो समयमा आर्थिक अनुशासनको परिपालनामा सुधार भइरहेको बताउँदै उहाँले लगानी मैत्री र आन्तरिक उत्पादनमा ध्यान दिन सकिए देश समृद्धितर्फ उन्मुख हुने विश्वास व्यक्त गर्नुभयो ।
गत वर्ष बन्द भएका २०० उद्योग सञ्चालनमा आउनु समृद्धिका लागि सकारात्मक सन्देश भएको उहाँको भनाइ थियो । कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानबहादुर विसुरालले जिल्लाको आर्थिक अवस्था र औद्योगिक क्षेत्रका गतिविधिबारे जानकारी दिनुभएको थियो । रासस

वि.सं.२०७४ असार २६ सोमवार ११:०६ मा प्रकाशित

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२...

 कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि

 कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि

लन्डन । कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना...

निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन...

बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने

बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा...

प्रदेश निर्वाचन सुरक्षा समितिद्वारा सीमा र मतदानस्थलको निरीक्षण

प्रदेश निर्वाचन सुरक्षा समितिद्वारा सीमा र मतदानस्थलको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेश निर्वाचन सुरक्षा समितिले भारतसँग...