back
CTIZAN AD

झापाको अर्जुनधारा नगरपालिकामा एमाले विजयी

वि.सं.२०७४ असार २६ सोमवार

987 

shares

काँकडभिट्टा (झापा), २६ असार । झापाको अर्जुनधारा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेकपा एमाले विजयी भएको छ ।

एमालेका हरि राना १३ हजार ८७९ मत ल्याएर प्रमुखमा निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हेमराज खरेलले नौ हजार ६४१ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, उपप्रमुखमा एमालेका कमला आचार्य १२ हजार ८३१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका उम्मेदवार सरस्वती सिटौलाले १० हजार ५७९ मत प्राप्त गर्नुभएको छ । एघार वडा रहेको अर्जुनधारामा आठवटामा एमाले विजयी भएको छ । एमालेबाट वडा नम्बर १ मा गजाधर खतिवडा एक हजार १७५, वडा नं २ मा रघुनाथ खनाल ९५७, वडा नं ४ मा दुर्गाप्रसाद दाहाल एक हजार ११८, वडा नं ५ मा ध्यानबहादुर भारती एक हजार १६४, वडा नं ६ मा लोकनाथ गौतम ७८८, वडा नं ९ मा पुष्पकुमार प्रसाईं एक हजार २२९, वडा नं १० मा बलदेवसिंह गोम्देन एक हजार १७८ र वडा नं ११ मा भैरवबहादुर खड्का एक हजार ४८९ मतसहित विजयी हुनुभएको छ ।

बाँकी तीनवटा वडामा नेका विजयी भएको छ । नेकाबाट वडा नं ३ मा जीवनकुमार भण्डारी एक हजार २२७, वडा नं ७ मा नवराम ढुङ्गाना ९४२ र वडा नं ८ मा गोपीचन्द्र गौतम ९७४ मतसहित विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । झापामा यसअघि नै सबै गाउँपालिका र नगरपालिकाको परिणाम आइसकेको छ । रासस

वि.सं.२०७४ असार २६ सोमवार १०:१७ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...