back
CTIZAN AD

प्रि सिजन टुर अगाडी नै हामेशको रियल छाड्ने तयारी

वि.सं.२०७४ असार २६ सोमवार

906 

shares

james-rofriguez

२६ असार, एजेन्सी । रियल म्याड्रिड बाट व्यवसायिक फुटबल खेल्दै आएका कोलम्बियन प्ले मेकर हामेश रोड्रिग्वेज रियलको प्रि सिजन टुरको लागि अमेरिका प्रस्थान गर्नुपुर्व नै रियल छाड्ने तयारी गरेका छन् । रियल प्रि सिजन टुरमा अमेरिकामा म्यान्चेष्टर सिटी, म्यान्चेष्टर युनाईटेड, वार्सिलोना लगायतका क्लब सँग फुटबल खेल्ने छ ।

रियल म्याड्रिडमा पर्याप्त खेल्ने समय नपाउदा असन्तुष्ट बनेका हामेशले सके सम्म रियल छाडेर नियमित फुटबलको खोजीमा क्लब स्थान्तरण गर्ने तयारी गरेका छन् । गत सिजन राम्रो प्रर्दशनका बाबजुद हामेश लामो समय बेन्चमै रहदै आएका थिए । रियलका म्यानेजर जिनेदिन जिदानले उनको सट्टा मार्को एसेन्सियो, लुकास भाजेक्वेज जस्ता खेलाडीलाई प्राथमिकता दिदै आएका छन् । यो सिजन रियलले युवा खेलाडी डानी सेवालोसललाई अनुबन्धन गरेपछि उनको खेल्न पाउने समय अझै सिमित हुने कारण उनी रियल छाड्ने मनशायमा रहेका छन् ।

james

सन् २०१४ को विश्वकपमा कोलम्बियाको प्रतिनिधित्व गर्दे प्रतियोगिताको उच्च गोलकर्ताको रुपा गोल्डेन बुट जितेका हामेशलाई ८० मिलियन युरो बराबरको रकममा रियलले अनुबन्ध गरेको थियो । हामेशलाई किन्न ईङलिश क्लब म्यान्चेष्टर युनाईटेड, चेल्सी तथा फ्रेन्च कल्ब पिएसजी लगायतका क्लबहरु ईच्छुक देखिएका छन् ।

वि.सं.२०७४ असार २६ सोमवार ०८:४७ मा प्रकाशित