back
CTIZAN AD

वैदेशिक रोजगार व्यवसायी सङ्घमा चुनावी चटारो

वि.सं.२०७४ असार २७ मंगलवार

960 

shares

baidesik-rojgar-bayabasahi-sang

२७ असार, काठमाडौँ  । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नेतृत्वमा उम्मेदवारी दिएका दुई समूहले आ–आफ्नो जित हुने दाबी गरेका छन् ।

आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा संयुक्त व्यावसायिक समूहबाट अध्यक्षका उम्मेदवार रोहन गुरुङले ७५ प्रतिशत मत ल्याई आफू विजयी हुने दावी गर्नुभएको छ ।

उहाँको समूहलाई नेकपा (एमाले) निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेकपा (माओवादी केन्द्र) निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, नेपाल वैदेशिक रोजगार तमुधी समाज लगायतको समर्थन रहेको जनाएको छ ।

वर्तमान कार्यसमितिमा महासचिव रहनुभएका अध्यक्षका उम्मेदवार गुरुङले व्यवसायीले लिने सेवा शुल्कबाट केही रकम व्यवसायी भलाइ कोषमा जम्मा गरी सो रकमबाट नयाँ गन्तव्य मुलुकको खोजी गर्ने, कामदार समस्यामा पर्दा उद्धार गर्ने, सङ्घको आफ्नै भवन निर्माण गर्ने, व्यवसायीको निधन भएमा निजको परिवारलाई रु १५ लाख सहयोग गर्ने लगायतका योजना रहेको उहाँले जानकारी दिनुभयो ।

अध्यक्षका अर्का उम्मेदवार विमल ढकाल समूहका महासचिवका उम्मेदवार सुजित श्रेष्ठले सङ्घका ६८ प्रतिशत सदस्य लोकतान्त्रिक समूहका सदस्य रहेको भन्दै आफूहरुको जित निश्चित रहेको दाबी गर्नुभयो ।

ढकालको समूहलाई नेपाली काँग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, मधेस केन्द्रित दल निकट तराई वैदेशिक रोजगार फोरम, धौलाश्री समाज लगायतको समर्थन छ ।

महासचिवका उम्मेदवार श्रेष्ठले खाडी राष्ट्रमा निर्भर रहेको नेपालको श्रम गन्तव्यलाई युरोप केन्द्रित गर्ने, सङ्घलाई बलियो बनाउने, श्रम सम्झौता गर्न सरकारलाई दबाब दिनेलगायत आफ्नो कार्यसूची रहेको जानकारी दिनुभयो ।

सङ्घमा करिब ८५० व्यवसायी सदस्य छन् । रासस

वि.सं.२०७४ असार २७ मंगलवार १४:१० मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...