back

एक बच्चाकी आमालाई सामूहिक बलात्कार गर्ने तीन पक्राउ

वि.सं.२०७४ असार २७ मंगलवार

345 

shares
GLOBAL IME AD
NTC AD

२७ असार,पर्सा  । आश्रय दिने बहानामा महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा पर्सा प्रहरीले तीनजना युवकलाई आज पक्राउ गरेको छ ।

बारा जितपुरका २२ वर्षीय महिलालाई आश्रय दिने बहानामा घर लगी बलात्कार गरेको अभियोगमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१९ इनर्वाका ३० वर्षीय तैयब हुसैन, ३० वर्षीय नुरुल हक र २९ वर्षीय महम्मद तबरेजलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । तीनै जनालाई सामूहिक बलात्कार मुद्दामा आजै म्याद थप गरिएको छ ।

भारतको कारागारमा विगत दश महिनादेखि बन्दी जीवन बिताइरहेका श्रीमान्लाई भेट्न घरबाट सोमबार बेलुकी निस्किएकी एक बच्चाकी आमालाई तैयबले बाटोमा भेटी आश्रय दिने बहानामा आप्mनो घर लगेर साथीहरुसँग सामूहिक बलात्कार गरेको थियो । बलात्कार गरेर आज बिहान घरबाट निकालेपछि ती महिला प्रहरीको सम्पर्कको आएको र उनले दिएको जानकारीका आधारमा तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

तबरेज र तिनका साथीले यौन सम्र्पकका लागि भन्दा महिलाले नमानेपछि छोराको हत्या गर्ने धम्की दिई तीनै जनाले बलात्कार गरेको महिलाले प्रहरीलाई दिएको बयानमा उल्लेख भएको प्रवक्ता जोशीले बताउनुभयो ।

बलात्कारकी शिकार भएकी र अभियोग लागेका तीनै जना अभियुक्तलाई आजै वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा लागि स्वास्थ्य परीक्षण गराइएको पनि प्रवक्ता जोशीले जानकारी दिनुभयो ।

पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान अगाडि बढाको छ भने महिलालाई जिप्रकाकै महिला तथा बालबालिका विकास शाखामा संरक्षण दिइएको प्रहरीले जनाएको छ । रासस

वि.सं.२०७४ असार २७ मंगलवार १४:२० मा प्रकाशित

तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : अध्यक्ष ढकाल

तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : अध्यक्ष ढकाल

पाटन (ललितपुर) । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

पालिकाले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

पालिकाले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

मनहरी । मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्द्धन कार्यक्रम...

एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिवादीलाई...

स्थानीयवासीको माग पूरा गर्न पाँच जलविद्युत् आयोजना सहमत

स्थानीयवासीको माग पूरा गर्न पाँच जलविद्युत् आयोजना सहमत

गलेश्वर (म्याग्दी) । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन पाँचवटा जलविद्युत् आयोजनाले सामाजिक...

गोरखनाथ सामुदायिक वनमा डढेलो

गोरखनाथ सामुदायिक वनमा डढेलो

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक...

गोरखामा भूकम्पले क्षति पुर्याएको भवन पुनर्निर्माण

गोरखामा भूकम्पले क्षति पुर्याएको भवन पुनर्निर्माण

गोरखा । भीमसेन थापा गाउँपालिका-६ अश्राङको वडा कार्यालय भवन पुनर्निर्माण...