back

तिनाहुँ खोलाले बगाएको जिप भेटियो, मान्छे भेटिएनन्

वि.सं.२०७४ असार २८ बुधवार

498 

shares
IME Limited
NTC AD

२८ असार, पाल्पा । तीन दिनअघि पाल्पाको तिनाउ खोलाले बगाएको जिप मंगलबार भेटिए पनि त्यसमा सवार चारजना यात्रु अझै भेटिएका छैन् ।

तिनाउ खोलामा आएको बाढीले आइतबार लु१ज १७१२ नम्बरको जिप बगाउँदा त्यसमा सवार दुई महिला र दुई पुरुष बेपत्ता भएका थिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा जिपलाई खोलाबाट बाहिर निकालिएको भएपनि त्यसमा सबार चारै जना यात्रु फेला पर्न सकेको छैन् ।

नेपाली प्रहरी र सशस्त्र प्रहरीले तिनाउ खोलाको आसपासका क्षेत्रबाट यात्रुको खोजी कार्य जारी राखेको छ । सोमबारदेखि नै प्रहरीका तीन वटा टोली खोजी कार्यमा परिचालन भएको छ । चरचरे, झुम्सा र अमलेनमा क्षेत्रमा सो प्रहरी टोलीले खोजी कार्य गरिरहेकोे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो ।

बेपत्ता हुनेमा पाल्पा तानसेन नगरपालिका भुसलडाडाका २६ वर्षीय उषा श्रेष्ठ, माथागढी गाउँपालिका–१ का २३ वर्षीय तिलवीर गाहा, सोही स्थानका ४३ वर्षीय माया गाहा, बगनासकाली गाउँपालिकाका ४० वर्षीय पदमबहादुर कुँवर मगर रहेका छन् ।

वि.सं.२०७४ असार २८ बुधवार ०३:२१ मा प्रकाशित

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विविध...

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

स्याङ्जा । फेदीखोला कृषि वन उद्यम सहकारी संस्था लिमिटेडको प्रारम्भिक...

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

टेलिकमद्वारा लुलाङमा मोबाइल फोन सेवा विस्तार

टेलिकमद्वारा लुलाङमा मोबाइल फोन सेवा विस्तार

म्याग्दी । नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन...

चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

चन्द्रपुर (रौतहट) । चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय...