back
CTIZAN AD

एक बच्चाकी आमालाई सामूहिक बलात्कार गर्ने तीन पक्राउ

वि.सं.२०७४ असार २७ मंगलवार

603 

shares

२७ असार,पर्सा  । आश्रय दिने बहानामा महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा पर्सा प्रहरीले तीनजना युवकलाई आज पक्राउ गरेको छ ।

बारा जितपुरका २२ वर्षीय महिलालाई आश्रय दिने बहानामा घर लगी बलात्कार गरेको अभियोगमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१९ इनर्वाका ३० वर्षीय तैयब हुसैन, ३० वर्षीय नुरुल हक र २९ वर्षीय महम्मद तबरेजलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । तीनै जनालाई सामूहिक बलात्कार मुद्दामा आजै म्याद थप गरिएको छ ।

भारतको कारागारमा विगत दश महिनादेखि बन्दी जीवन बिताइरहेका श्रीमान्लाई भेट्न घरबाट सोमबार बेलुकी निस्किएकी एक बच्चाकी आमालाई तैयबले बाटोमा भेटी आश्रय दिने बहानामा आप्mनो घर लगेर साथीहरुसँग सामूहिक बलात्कार गरेको थियो । बलात्कार गरेर आज बिहान घरबाट निकालेपछि ती महिला प्रहरीको सम्पर्कको आएको र उनले दिएको जानकारीका आधारमा तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

तबरेज र तिनका साथीले यौन सम्र्पकका लागि भन्दा महिलाले नमानेपछि छोराको हत्या गर्ने धम्की दिई तीनै जनाले बलात्कार गरेको महिलाले प्रहरीलाई दिएको बयानमा उल्लेख भएको प्रवक्ता जोशीले बताउनुभयो ।

बलात्कारकी शिकार भएकी र अभियोग लागेका तीनै जना अभियुक्तलाई आजै वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा लागि स्वास्थ्य परीक्षण गराइएको पनि प्रवक्ता जोशीले जानकारी दिनुभयो ।

पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान अगाडि बढाको छ भने महिलालाई जिप्रकाकै महिला तथा बालबालिका विकास शाखामा संरक्षण दिइएको प्रहरीले जनाएको छ । रासस

वि.सं.२०७४ असार २७ मंगलवार १४:२० मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...