back
CTIZAN AD

राहत पाउनुअघि नै द्वन्द्वपीडितको रथबहादुरको निधन

वि.सं.२०७४ असार २८ बुधवार

669 

shares

२८ असार, रसुवा । राहत लिन धुञ्चे पुगेका एक द्वन्द्वपीडितको मङ्गलबार निधन भएको छ । जिल्ला जनस्वास्थ्यका प्रमुख चिकित्सक झलक शर्मा गौतमका अनुसार मृत्यु हुनेमा उत्तरगया गाउँपालिका–३, ठूलो गाउँका ४५ वर्षीय रथबहादुर गुरुङ रहेका छन् । उपचारका क्रममा उनको जिल्ला अस्पतालमा निधन भएको बताइएको छ ।

देश द्वन्द्वको समयमा तत्कालीन राज्य र विद्रोही पक्षबाट पीडित भएको प्रमाणित भएका कारण उनी राहतका लागि आवेदन दिन आएको बेला अचानक ज्वरो आई अस्पताल पु¥याइएको बताइएको छ ।

सोमबार आवेदन बुझाएका गुरुङले मङ्गलबार आफ्नो द्वन्द्वपीडितको परिचयपत्र प्राप्त गर्ने प्रक्रियामा थियो । एक्कासि निधनको खबरले आफू र आफ्नो कार्यालय परिवारलाई दुःखित तुल्याएको सहायक प्रजिअ स्मिता पौडेलले बताउनुभयो ।

उपचारार्थ उहाँका दाजुभाइले अस्पताल पु¥याएलगत्तै स्वास्थ्य परीक्षण गर्ने क्रममै गुरुङको निधन भएको र उनको फोक्सो–कलेजोले काम गर्न छोडी अन्तिम क्षणमा भेटिएकाले बचाउन नसकिएको चिकित्सक गौतमले बताउनुभयो ।

स्व। गुरुङ विपन्न परिवारका व्यक्ति भएकाले उनका आश्रित परिवारलाई आर्थिक सहयोगको व्यवस्था गर्न सरोकारवाला निकायसमक्ष स्थानीय बासिन्दाले विनम्र आग्रह गरेका छन् ।

वि.सं.२०७४ असार २८ बुधवार ०३:२५ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...