back
CTIZAN AD

कप्तान लामिछानेको नायकी प्रर्दशनमा नेपालले निकाल्यो शानदार जित

वि.सं.२०७४ साउन २ सोमवार

711 

shares

sandeep

२ साउन, सिंगापुर । अन्डर नाइन्टिन विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा खेलमा नेपालले आयोजक सिंगापुरलाई ४ विकेटले हराएको छ । सिंगापुरले दिएको ७४ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ६ विकेट गुमाउदै पुरा गरेको हो ।
नेपालका लागि प्रनित थापाले २३ रन, अनिल शाहले १९ रन, रोहित कुमारले पौडेलले ११ रन बनाए । नेपालका सुरवाती ब्याट्सम्यानहरु सन्दीप सुनार मात्र १ रन तथा आशिफ ४ रन सिंगापुरका बलर आर्यमन सिंहको शिकार बनेका थिए । यस्तै दिपेन्द्र सिंह ऐरी १२ बलमा २ रन बनाउदै आउट भए ।

टस हारेर ब्याटिङको निम्तो पाएको सिंगापुरले २९ ओभरमा ७३ रन बनाउँदा अल आउट भएको हो । नेपालका सन्दीप लामिछानेले ५ विकेट, शाहब आलमले तीन तथा किशोर महतो दुई विकेट लिए । सिंगापुरका ब्रिगु ऐयरले ३९ बलमा ४२ रन बनाएपनि अरु ब्याट्सम्यान भने नेपाली बलरहरुको धारिलो बलिङसामु निरिह भएका थिए ।

वि.सं.२०७४ साउन २ सोमवार ०५:३४ मा प्रकाशित