Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

किन टोक्ने गर्छन त खेलाडीहरुले जितको खुशीमा मेडल ?



neymar

६ साउन, काठमाडौँ । ओलम्पिक तथा अन्य ठुला ठुला प्रतियोगिता जितेपश्चात खेलाडीहरुले मेडल टोक्ने गर्दछन् । खेलाडीहरुले आफ्नो मेडल घाटीमा झुन्डाएर गज्जबसँग मेडल टोकेको दृश्य देख्न पाईन्छ । विशेष गरेर ओलम्पिक च्याम्पियनहरु त लगभग सबैले मेडल टोकेको देखिन्छ । आखिर किन टोक्छन त खेलाडीले मेडल ? हामी सबैलाई उत्सुकता लाग्नु स्वभाविक हो । तर यसको कारण भने गज्जब छ ।

biting

सिएनएन सँगको अन्र्तवार्तामा इन्टरनेसनल सोसाइटी अफ ओलम्पिक हिस्टोरियन्सका अध्यक्ष डेविड वालेचिन्स्कीले फोटो खिच्न आतुर मिडियाहरुको आग्रहमा नै खेलाडीले मेडल टोक्ने गरेको बताएका छन् । उनले भनेका छन् फोटो खिच्न भोका मिडियाहरुले अनेक अनेक पोजमा फोटो खिच्ने चाहनाले गर्दा खेलाडीहरुले मेडल टोक्ने सामान्य कुरा हो ।

यसै गरि १२ पटककी ओलम्पिक पदक विजेता पौडी खेलाडी नाताली कगलिनले आफुहरु चर्चित हुन भन्दा पनि पत्रकार तथा फोटोग्राफरहरुको आग्रहमै आफुले मेडल टोक्ने गरेको बताएकी छन् । उनले एनबीसीसँगको एक अन्र्तवार्तामा उनले आफु चर्चामा  आउनलाई यस्तो नगरेको बताएकी छन् ।

आजभोली प्राय मेडलिष्टहरुले मेडल टोक्ने एक प्रमुख कारण देखासिकी समेत हो । प्राय सबै खेलाडीले टोक्ने गरेका कारण एकपछि अर्को खेलाडीले  टोक्ने गरेको पाईएको छ ।

यसै गरि मेडल टोक्ने अर्को ऐतिहासिक कारण आफुले प्राप्त गरेको सुन सुद्ध हो अथवा यसमा अन्य धातुको मिसावट पनि छ कि भनेर समेत खेलाडीले मेडल टोक्ने गर्दछन् । सुन एकदमै नरम धातु हो मेडल शुद्ध सुन हो भने टोक्दा दातको डाम समेत बस्ने गर्दछ । यसै प्रसंगमा डे आई फाउण्ड आउट इटको भिडियोमा सिमोन ह्विट्सलरले भनेका छन “सुन एकदमै नरम धातु हो, दाँतको इनामेलभन्दा पनि तर्सथ मेडल साँच्चिकै शुद्ध हो भने त्यसलाई टोक्दा त्यहाँ अलिकति दाँतको डोब बस्छ” । उनले यसले गर्दा खेलाडीलाई गोल्ड मेडल शतप्रतिशत सुन नै हो वा बाहिर लेप लगाएको मात्र हो भनेर छुट्याउन समेत सजिलोका लागि टोक्ने गरेको बताएका छन् ।

तर सन् १९१२ यता ओलम्पिकको गोल्ड मेडल शतप्रतिशत सुन बाट भने बनाउने गरिदैन यसको बाहिरी सतहमा मात्र २४ क्यारेट सुनको लेपन लगाउने गरिन्छ । आजकल ओलम्पिकमा प्रयोग गरिने मेडलमा मात्र १ दशमलब ३४ प्रतिशत मात्र सुन हुने गर्दछ ।

एजेन्सीको सहयोगमा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

५ माघ, काठमाडौँ । होबार्ट हरिकेन्स विरुद्ध मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले १५४ रनको

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक