back

भूकम्पमा परी मृत्यु भएका स्वास्थ्य कर्मचारीका परिवारलाई सहयोग

वि.सं.२०७४ साउन ७ शनिवार

468 

shares
IME Limited
NTC AD

७ साउन,काठमाडौँ  । दुई वर्षअघिको भूकम्पमा परी मृत्यु भएका स्वास्थ्य मन्त्रालयअन्तर्गतका ११ जना स्वास्थ्यकर्मीका परिवारले रु २३ लाख सहयोग रकम पाएका छन् ।

बीस जना कर्मचारीका लागि सरकारले आव २०७३÷७४ मा स्वास्थ्य मन्त्रालयमा रु ३२ लाख बजेट छुट्ट्याइएको थियो । अन्य नौ जनाको विभिन्न प्रक्रिया नपुग्दा रकम वितरण गर्न नसक्दा रु नौ लाख ‘फ्रिज’ भएको मन्त्रालयका लेखा अधिकृत प्रह्लाद सापकोटाले जानकारी दिनुभयो ।

गत वर्षको चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा परी मृत्यु भएका स्वास्थ्य मन्त्रालयअन्तर्गतका स्थायी कर्मचारीका परिवारलाई रु तीन लाख र अस्थायी कर्मचारीका परिवारलाई रु एक लाखका दरले सहयोग गर्ने निर्णय गरेको थियो । रकम लिन छुटेकाहरुका लागि पुनः बजेट माग गरी प्रक्रिया सुरु गर्ने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार छ जना स्थायी र पाँच जना अस्थायी कर्मचारीका परिवारले सहयोग रकम लिएका छन् । रकम लिन बाँकी रहेका रहेका नौ जना पनि अस्थायी कर्मचारी हुन् । जसमा महिला स्वास्थ्य करारमा काम गर्ने कर्मचारी र स्वयम्सेविका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा र काठमाडौँका कर्मचारी रहेका छन् ।

वि.सं.२०७४ साउन ७ शनिवार १२:१७ मा प्रकाशित

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विविध...

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

स्याङ्जा । फेदीखोला कृषि वन उद्यम सहकारी संस्था लिमिटेडको प्रारम्भिक...

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

टेलिकमद्वारा लुलाङमा मोबाइल फोन सेवा विस्तार

टेलिकमद्वारा लुलाङमा मोबाइल फोन सेवा विस्तार

म्याग्दी । नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन...

चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

चन्द्रपुर (रौतहट) । चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय...