back
CTIZAN AD

‘बारबरा एडम्स’ खोजी पत्रकारिता पुरस्कार ज्ञवालीलाई

वि.सं.२०७४ साउन १५ आइतवार

654 

shares

१५ साउन, काठमाडौँ । बारबरा शान्ति प्रतिष्ठान नेपालले सन् २०१६ को ‘बारबरा एडम्स’ खोजी पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका संवाददाता कृष्ण ज्ञवालीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष डा सन्दुक रुइतको अध्यक्षतामा भएको प्रतिष्ठानको शनिबार बैठकले नेपालको चिकित्साशास्त्र शिक्षामा भएका भ्रष्टाचार र अनियमितताबारे कान्तिपुर दैनिकमा खोजमूलक समाचार प्रकाशन गरेबापत रु एक लाख एक राशिको उक्त पुरस्कार पत्रकार ज्ञवालीलाई प्रदान गर्ने निर्णय गरेको हो ।

निर्णायक समितिले तीन चरणको छनोट प्रक्रियापछि पत्रकार ज्ञवालीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको बताउँदै प्रतिष्ठानले उक्त पुरस्कारका लागि टेलिभिजन, रेडियो, अनलाइन र छापाबाट गरी ३७ जना पत्रकारले आफ्नो समाचारसहित आवेदन गरेका जनाएको छ ।

झण्डै ५५ वर्षसम्म नेपालका अंग्रजी र नेपाली पत्रपत्रिकामा निरन्तर स्तम्भ लेखेर नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनुभएकी अमेरिकी नागरिक बारबरा एडम्सले जीवनको अन्त्यतिर अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिनुभएको थियो । उहाँको सन् २०१६ मा नेपालमा निधन भएको थियो ।

वि.सं.२०७४ साउन १५ आइतवार ०३:१५ मा प्रकाशित

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...