back

गुड्दा गुड्दै पहिरोले ट्याक्सी पुरियो

वि.सं.२०७४ साउन १८ बुधवार

384 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

landslide

 १८ साउन, बागलुङ । जिल्लाको गलकोट नगरपालिका–११ रिघा, काउचेमा मध्यपहाडी पुष्पलाल लोकमार्ग माथिबाट पहिरो खस्दा ट्याक्सी चालक घाइते भएका छन् ।

मंगलबार साँझ गलकोटदेखि मनेवा जाँदै गरेको ध १ ज ६५७ नं को ट्याक्सी पहिरोमा पर्दा चालक थम्मन परियार घाइते भएका हुन् । चालक परियारमात्र सवार ट्याक्सी गुडिरहेकै अवस्थामा पहिरो खसेको प्रहरीले जनाएको छ ।

घाइते अवस्थामा ट्याक्सीको सिसा फोरेर परियार भाग्न सफल भएको खरबाङ्ग प्रहरी चौकीका हवल्दार कमल भट्टराईले बताउनुभयो ।

“चालकको टाउको, पिठ्युँमा चोट लागेको छ, अवस्था सामान्य नै छ” हवल्दार भट्टराईले भन्नुभयो, “पहिरोबाट उद्धार गरी उपचारको लागि अस्पताल पु¥याइएको छ ।” ट्याक्सीको पछाडिको भाग पहिरोमा पुरिएको प्रहरीले जनाएको छ ।

डेढसय मिटर माथिबाट खसेको पहिरोले लोकमार्ग अवरुद्ध बनेको ११ नं वडाका अध्यक्ष डम्बर श्रीसले बताउनुभयो । पहिरो साँझपख खसेको र पानी परिरहेको हुुँदा तत्काल पहिरो पन्छाउन नसिएको उहाँको भनाइ छ ।

सडक अवरुद्ध भएपछि बुर्तिवाङ, खरबाङलगायतका क्षेत्रदेखि सदरमुकाम र बाहिरी जिल्ला चल्ने यातायात प्रभावित भएको छ । प्रहरीका अनुसार पहिरो हटाएपछि आज दिउँसोदेखि सडक सुचारु हुनेछ ।

वि.सं.२०७४ साउन १८ बुधवार ०६:५४ मा प्रकाशित

चिराइतोको मूल्य बढेपछि किसान उत्साहित

चिराइतोको मूल्य बढेपछि किसान उत्साहित

किमाथाङ्का (सङ्खुवासभा) । बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि सङ्खुवासभाका किसान...

माओवादी केन्द्रको स्थायी समिति बैठक मङ्गलबार बस्ने

माओवादी केन्द्रको स्थायी समिति बैठक मङ्गलबार बस्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरुको कार्यविभाजनका सन्दर्भमा...

आयोगद्वारा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने कर्मचारीसहित एक सय ७२ जनाविरुद्ध मुद्दा दायर

आयोगद्वारा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने कर्मचारीसहित एक सय ७२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा जिल्लाको सरकारी स्वामित्वको...

प्रधानमन्त्री ‘प्रचण्ड’सँग अमेरिकी नौसेनाध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्री ‘प्रचण्ड’सँग अमेरिकी नौसेनाध्यक्षको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अमेरिकाको एसिया–प्रशान्त क्षेत्र...

अस्पतालहरुले अटेर गरेको भन्दै बालेनले दिए यस्तो चेतावनी

अस्पतालहरुले अटेर गरेको भन्दै बालेनले दिए यस्तो चेतावनी

काठमाडौँ । काठमाडौँ महानगर पालिकाका प्रमुख बालेन्द्र शाहले (बालेन) निशुल्क...

शान्ताको अचारले ओली मख्ख

शान्ताको अचारले ओली मख्ख

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा...