Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

रक्तदान तथा उत्कृष्ट निबन्धका लागि पुरस्कार वितरण



raktadan-in-ktm

भविष्यमा रगतको मागलाइ पूरा गर्न थप रक्तदाताको संख्या बढाउनका लागि काठमाडौं उपत्यकाका करिब ५ सय स्कूलका ७० हजार विद्यार्थीहरूमा रक्तदानबारे जानकारीमूलक पर्चा पढ्न लगाइ निबन्ध प्रतियोगिता गराइएको थियो । ६ सय ७० जना विद्यार्थीहरूले रक्तदानबारे निबन्ध लेखेका थिए । उत्कृष्ट हुनेहरू पुरस्कृत भएका थिए ।

शान्ति विद्या गृह माविकी शिशिर वस्ताकोटीले प्रथम पुरस्कार ५० हजार, विद्या संस्कार स्कुलका ओजस्वी दासले द्वितियले ३५ हजार पुरस्कार, अलवर्ट इङ्ग्लिस सेकेण्डरी स्कुलका श्यारोन सुनुवारले तृतिय पुरस्कार १५ हजार र सान्त्वना १० जना सृतिका शर्मा, इभान श्रेष्ठ, अक्षत लाभ, मोहित घिमिरे, अक्षता प्रधान, अञ्जना ठाकुर, श्रीया पराजुली, दिपेन श्रेष्ठ, सागर पाण्डे र आयुष शर्मालाई दुई/दुई हजार रूपैयाँ तथा प्रशंसापत्र प्रदान गरियो । कार्यक्रमका प्रमुख-अतिथि पूर्व उप-प्रधानमन्त्री प्रकाशमान सिंहले यस्तो कार्यक्रबाट भविष्यमा आवश्यक पर्ने रक्तदाता उत्पादन हुने भन्दै कार्यक्रमको प्रशंसा गर्नुभयो । वहॉले समाजमा यस्ता रचनात्मक कार्य गर्नुहुने सबैलाइ धन्यवाद भन्नुहुंदै समाज विकास गर्न आह्वान गर्नुभयो। सोही अवसरमा आयोजित रक्तदान कार्यक्रममा १ सय ८ जनाले रक्तदान गर्नुभएको थियो । कार्यक्रम काठमाडौं माउन्ट एभरेष्ट लायन्स क्लब र शिखर युवा क्लबको संयुक्त आयोजनामा घट्टेकुलो (काठमाडौं) भएको थियो ।

 करिब ३ महिनाको अवधिमा भएको रक्तदान उत्प्रेरणा कार्यक्रममा करिब ५ लाख रूपैयाँ खर्च भएको थियो । खर्चका लागि रक्तदाता अर्जुनप्रसाद मैनालीले ३ लाख पन्ध्र हजार रूपैयाँ र बाँकी रकम शिखर युवा क्लबले जुटाएको थियो । विश्व रक्तदान दिवस (जून १४) को सेरोफेरो पारेर कार्यक्रम गरिएको थियो ।

नेपालमा अहिले देशभरि एक दिनमा झन्डै एक हजार जना रगतको खोजीमा रक्तसञ्चार केन्द्र पुग्ने गरेको बताइन्छ । विश्वका धेरैजसो देशमा देशको जनसंख्याको एक प्रतिशतले रक्तदान गरेमा रगतको आधारभूत माग पुग्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ