back
CTIZAN AD

रक्तदान तथा उत्कृष्ट निबन्धका लागि पुरस्कार वितरण

वि.सं.२०७४ साउन १८ बुधवार

822 

shares

raktadan-in-ktm

भविष्यमा रगतको मागलाइ पूरा गर्न थप रक्तदाताको संख्या बढाउनका लागि काठमाडौं उपत्यकाका करिब ५ सय स्कूलका ७० हजार विद्यार्थीहरूमा रक्तदानबारे जानकारीमूलक पर्चा पढ्न लगाइ निबन्ध प्रतियोगिता गराइएको थियो । ६ सय ७० जना विद्यार्थीहरूले रक्तदानबारे निबन्ध लेखेका थिए । उत्कृष्ट हुनेहरू पुरस्कृत भएका थिए ।

शान्ति विद्या गृह माविकी शिशिर वस्ताकोटीले प्रथम पुरस्कार ५० हजार, विद्या संस्कार स्कुलका ओजस्वी दासले द्वितियले ३५ हजार पुरस्कार, अलवर्ट इङ्ग्लिस सेकेण्डरी स्कुलका श्यारोन सुनुवारले तृतिय पुरस्कार १५ हजार र सान्त्वना १० जना सृतिका शर्मा, इभान श्रेष्ठ, अक्षत लाभ, मोहित घिमिरे, अक्षता प्रधान, अञ्जना ठाकुर, श्रीया पराजुली, दिपेन श्रेष्ठ, सागर पाण्डे र आयुष शर्मालाई दुई/दुई हजार रूपैयाँ तथा प्रशंसापत्र प्रदान गरियो । कार्यक्रमका प्रमुख-अतिथि पूर्व उप-प्रधानमन्त्री प्रकाशमान सिंहले यस्तो कार्यक्रबाट भविष्यमा आवश्यक पर्ने रक्तदाता उत्पादन हुने भन्दै कार्यक्रमको प्रशंसा गर्नुभयो । वहॉले समाजमा यस्ता रचनात्मक कार्य गर्नुहुने सबैलाइ धन्यवाद भन्नुहुंदै समाज विकास गर्न आह्वान गर्नुभयो। सोही अवसरमा आयोजित रक्तदान कार्यक्रममा १ सय ८ जनाले रक्तदान गर्नुभएको थियो । कार्यक्रम काठमाडौं माउन्ट एभरेष्ट लायन्स क्लब र शिखर युवा क्लबको संयुक्त आयोजनामा घट्टेकुलो (काठमाडौं) भएको थियो ।

 करिब ३ महिनाको अवधिमा भएको रक्तदान उत्प्रेरणा कार्यक्रममा करिब ५ लाख रूपैयाँ खर्च भएको थियो । खर्चका लागि रक्तदाता अर्जुनप्रसाद मैनालीले ३ लाख पन्ध्र हजार रूपैयाँ र बाँकी रकम शिखर युवा क्लबले जुटाएको थियो । विश्व रक्तदान दिवस (जून १४) को सेरोफेरो पारेर कार्यक्रम गरिएको थियो ।

नेपालमा अहिले देशभरि एक दिनमा झन्डै एक हजार जना रगतको खोजीमा रक्तसञ्चार केन्द्र पुग्ने गरेको बताइन्छ । विश्वका धेरैजसो देशमा देशको जनसंख्याको एक प्रतिशतले रक्तदान गरेमा रगतको आधारभूत माग पुग्छ ।

वि.सं.२०७४ साउन १८ बुधवार ०७:५५ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...