back
CTIZAN AD

खोटाङ सेवा समाजद्वारा पहिलो प्रशिक्षण कार्यकम सम्पन्न

वि.सं.२०७४ साउन १८ बुधवार

681 

shares
khotang-sewa-samaj-qatar

रुद्र शर्मा कतार । कतारमा स्थापित नेपाली समुदायको पहिलो र पुरानो सस्था खोटाङ सेवा समाजकतारले आफ्ना सदस्यहरु तथा कतारमा थलो बनाएका गृहबासिहरुलाई समेटी एक दिने सस्थागत संगठानिक प्रशिक्षण कार्यकम गत शुक्रबार २८ जुलाईका दिन आयोजना गरी सम्पन्न गरेको छ ।

 सस्थाका बर्तमान पदाधिकारीहरुले कतार लगाएत गृह जिल्लामा निकै उदारणीयकामहरु गर्दै आउदा केहि ठाउमा सस्थागत प्रक्रिया र पद्धती अलि नमिलेको महसुस गर्दै सस्था संचालनका लागि आवश्यक आधारभूत र सांगठनिक पद्धतीका बारेमा सहजकर्ताहरुले आधारभूत प्रशिक्षण दिएका थिए । कार्यक्रम सस्थाका सस्थाका सम्पूर्ण पदाधीकारीहरु र खोटाङ जिल्लाबाट कतारलाई कार्यक्षेत्र बनाई कतारमा कार्यरत खोटांगेहरुलाई समेटर गरेको उक्त कार्यकम गरेको थियो । कार्यक्रममा करिब ५० भन्दा बढि पदाधिकारी लगाएत सदस्यहरुको सहभागिता रहेको थियो ।

 कार्यक्रममा सस्थाका सल्लाहकार बिनेश तमाङले संस्था, सस्थागत प्रक्रीया र पद्धतिको बारेमा प्रशिक्षण दिएका थिए भने क्रमस सल्लाहकार बेदराज राइले बैठक तथा कार्यक्रम, खोटाङ सेवा समाज कतारका मानार्थ सदश्य तथा बुद्दिजिबी बिल गुरुङले उत्घोषण तथा मन्तब्य , सल्लाहकार तिर्थ संगम राईले सुचना, समाचार तथा प्रसार प्रसार र सल्लाहकार प्रेम प्रसाद भट्टराईले सदस्य र प्रमाणपत्रको बारेमा जानकारी दिदै सजहकर्ताको भूमिका निर्बाह गरेका थिए ।

 कार्यकममा सस्थाका सल्लाहकारहरुले जुन हिसाबमा सस्था अगाडी बढ्नु पर्ने हो त्यसमा अलिक ढिलाई भएकोमा जोड दिए । २०५४ सालमा स्थापना भएर आएको सस्थाले भर्खरै मात्र गृह जिल्लामा एम्बुलेन्स पनि सहयोग गरिसकेको छ ।

दोहाको बि रिंगरोड स्थित ढाका रेस्टुरेन्टको सभा हलमा सम्पन्न उक्त कार्यकम करिब पाँच घण्टा चलेको थियो । सस्थाका अध्यक्ष तिलाबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यकमलाई महासचिब कैलाश श्रेष्ठले संचालन गरेका थिए भने सस्थाका प्रथम उपाध्यक्ष्य एक राज राईले कार्यक्रमका अतिथि लगाएत उपस्थित सम्पूर्णलाइ स्वागत गरेका थिए त्यसै गरि सस्थाका द्दितीय उपाध्यक्ष्य रुद्र शर्मा (आचार्य)ले कार्यक्रमको बारेमा प्रस्ट परेका थिए । सस्थाका अध्यक्ष खत्रीले सस्थाका सदस्यलाई समेट्ने हिसाबले सो कार्यक्रम गरेको बताउदै कार्यकमको समापन गरेका थिए ।

वि.सं.२०७४ साउन १८ बुधवार ०८:१६ मा प्रकाशित