back
CTIZAN AD

जिसस मनाङमा काँग्रेसको समूह नै विजयी

वि.सं.२०७४ साउन २२ आइतवार

693 

shares

congresh-flag२२ साउन, मनाङ । जिल्ला समन्वय समिति (जिसस) को निर्वाचनमा नेपाली काँग्रेसको समूह नै विजयी भएको छ ।

जिससको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस र नेकपा (एमाले)को मात्र उम्मेदवारी परेकोमा काँग्रेसका यज्ञप्रसाद घले र उपप्रमुखमा कृष्णबहादुर लामा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार चिनबहादुर घले र उपप्रमुखमा प्रेमकुमार श्रेष्ठलाई एक मतको अन्तरले पछाडि पार्दै विजयी भएका छन् । सदस्यहरुमा काँग्रेसका कर्म छेतेन गुरुङ, महिला सदस्य चेसकासी घले, दलित सदस्यमा सुकमाया विक र धनकासी गुरुङलगायत काँग्रेसको प्यानल नै विजयी भएको छ ।

गाउँपालिकाको चुनावमा दुई ठूला पार्टी काँग्रेस र नेकपा (एमाले) दुई÷दुई गाउँपालिकामा सीमित थिए । तर समन्वय समितिको चुनावमा भने काँग्रेस विजयी भएको छ ।

गाउँपालिकाको निर्वाचनमा दुई गाउँपालिकामा प्रमुख र दुई उपप्रमुख पाएको काँग्रेस आफ्नो एक मतले जित हासिल गर्न सफल भएको छ । दुई गाउँपालिकाको प्रमुख र एक उपप्रमुख जितेको एमाले भने आफ्नो ३ मतमा नै खुम्चिएको छ ।

समन्वय समितिमा जम्मा सात पद रहेको थियो जसमा मतदाता संख्या आठ थियो भने तीन दल र एक स्वतन्त्रबाट चौधजनाको उमेदवारी परेको थियो ।

काँग्रेस, एमाले, राप्रपा र स्वतन्त्रबाट उम्मेदवारी परेको थियो । काँग्रेसबाट प्रमुख, उपप्रमुखलगायत छजना र एमालेबाट छ र अन्यमा राप्रपा र स्वतन्त्रका एक÷एक जना गरी १४ जना उमेदवार रहेका थिए ।

समन्वय समितिको मतदानमा भने एकजना मतदाता अनुपस्थित भएको मुख्य निर्वाचन कार्यालय, मनाङले जनाएको छ ।

वि.सं.२०७४ साउन २२ आइतवार ०४:२४ मा प्रकाशित

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

पाटन (ललितपुर) । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा...

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२...