back
CTIZAN AD

प्रदेश नं २ मा समेत एमाले पहिलो पार्टी बन्ने एमालेको दावी

वि.सं.२०७४ साउन २२ आइतवार

825 

shares

२२ साउन, महेन्द्रनगर (धनुषा) । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रदेश नं २ कोे आसन्न स्थानीय तह निर्वाचनमा पनि आफ्नो पार्टी पहिलो बन्नदाबी गरेका छन् ।

एमाले धनुषाद्वारा जनकपुरमा शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले एमालेको नीति र सिद्धान्तलाई रुचाएरै नेपाली जनताले स्थानीय तहको दुवै चरणको निर्वाचनमा पहिलो पार्टी बनाएको दाबी गरे ।

एमाले संविधान संशोधनको पक्षमा रहेको बताउँदै उनले हाल व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावको विषयवस्तु स्पष्ट नभएका कारण एमाले विपक्षमा रहेको बताए । हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउन षडयन्त्र चलिरहेको भन्दै उनले नेपालमा बोलिने नेपाली भाषाबाहेक अन्य जुनसुकै दुई भाषालाई सरकारी कामकाजको भाषा बनाउन संविधान मै व्यवस्था गरिएको प्रष्ट पारे ।

महासचिव पोखरेलले मधेशमा आन्दोलनको बेला पेट्रोल छर्किने र काठमाडौँबाट गोली चलाउन आदेश दिने काम गरेर काँग्रेसले दोहोरो चरित्र प्रदर्शन गर्दै आएको आरोप लगाए ।

कार्यक्रममा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले काँग्रेसको षडयन्त्रमा राजपा दिनानुदिन फस्दै गएको बताए । उनले भने, “राजपा सत्तापक्ष हो कि प्रतिपक्ष ? प्रतिपक्ष हो भने एमाले पनि प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेकाले एमालेलाई दोष लगाउनुभन्दा एमालेसँग हातेमालो गरेर अगाडि बढनुपर्छ ।”

उनले एमाले नेतृत्वको सरकारको पालामा तराई मधेशमा विकासले गति लिएकाले तराई मधेशका जनताले एमालेलाई रोज्ने दाबी पनि गरे ।

वि.सं.२०७४ साउन २२ आइतवार ०४:२२ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...