back
CTIZAN AD

मनाङमा काँग्रेस विजयी

वि.सं.२०७४ साउन २१ शनिवार

1.3K 

shares

२१ साउन, मनाङ  । जिल्ला समन्वय समिति (जिसस) को निर्वाचनमा नेपाली काँग्रेसको समूह नै विजयी भएको छ ।

जिससको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस र नेकपा (एमाले)को मात्र उम्मेदवारी परेकोमा काँग्रेसका यज्ञप्रसाद घले र उपप्रमुखमा कृष्णबहादुर लामा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार चिनबहादुर घले र उपप्रमुखमा प्रेमकुमार श्रेष्ठलाई एक मतको अन्तरले पछाडि पार्दै विजयी हुनुभएको छ । सदस्यहरुमा काँग्रेसका कर्म छेतेन गुरुङ, महिला सदस्य चेसकासी घले, दलित सदस्यमा सुकमाया विक र धनकासी गुरुङलगायत काँग्रेसको प्यानल नै विजयी भएको छ ।

गाउँपालिकाको चुनावमा दुई ठूला पार्टी काँग्रेस र नेकपा (एमाले) दुई÷दुई गाउँपालिकामा सीमित थिए । तर समन्वय समितिको चुनावमा भने काँग्रेस विजयी भएको छ ।

गाउँपालिकाको निर्वाचनमा दुई गाउँपालिकामा प्रमुख र दुई उपप्रमुख पाएको काँग्रेस आफ्नो एक मतले जित हासिल गर्न सफल भएको छ । दुई गाउँपालिकाको प्रमुख र एक उपप्रमुख जितेको एमाले भने आफ्नो ३ मतमा नै खुम्चिएको छ ।

समन्वय समितिमा जम्मा सात पद रहेको थियो जसमा मतदाता संख्या आठ थियो भने तीन दल र एक स्वतन्त्रबाट चौधजनाको उमेदवारी परेको थियो ।

काँग्रेस, एमाले, राप्रपा र स्वतन्त्रबाट उम्मेदवारी परेको थियो । काँग्रेसबाट प्रमुख, उपप्रमुखलगायत छजना र एमालेबाट छ र अन्यमा राप्रपा र स्वतन्त्रका एक÷एक जना गरी १४ जना उमेदवार रहेका थिए ।

समन्वय समितिको मतदानमा भने एकजना मतदाता अनुपस्थित भएको मुख्य निर्वाचन कार्यालय, मनाङले जनाएको छ । रासस

वि.सं.२०७४ साउन २१ शनिवार १४:३० मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...