Logo
२७ जेष्ठ २०८०, शनिबार
     Sat Jun 10 2023
E-paper
  English Edition
   Unicode
Logo

मनाङमा काँग्रेस विजयी



२१ साउन, मनाङ  । जिल्ला समन्वय समिति (जिसस) को निर्वाचनमा नेपाली काँग्रेसको समूह नै विजयी भएको छ ।

जिससको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस र नेकपा (एमाले)को मात्र उम्मेदवारी परेकोमा काँग्रेसका यज्ञप्रसाद घले र उपप्रमुखमा कृष्णबहादुर लामा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार चिनबहादुर घले र उपप्रमुखमा प्रेमकुमार श्रेष्ठलाई एक मतको अन्तरले पछाडि पार्दै विजयी हुनुभएको छ । सदस्यहरुमा काँग्रेसका कर्म छेतेन गुरुङ, महिला सदस्य चेसकासी घले, दलित सदस्यमा सुकमाया विक र धनकासी गुरुङलगायत काँग्रेसको प्यानल नै विजयी भएको छ ।

गाउँपालिकाको चुनावमा दुई ठूला पार्टी काँग्रेस र नेकपा (एमाले) दुई÷दुई गाउँपालिकामा सीमित थिए । तर समन्वय समितिको चुनावमा भने काँग्रेस विजयी भएको छ ।

गाउँपालिकाको निर्वाचनमा दुई गाउँपालिकामा प्रमुख र दुई उपप्रमुख पाएको काँग्रेस आफ्नो एक मतले जित हासिल गर्न सफल भएको छ । दुई गाउँपालिकाको प्रमुख र एक उपप्रमुख जितेको एमाले भने आफ्नो ३ मतमा नै खुम्चिएको छ ।

समन्वय समितिमा जम्मा सात पद रहेको थियो जसमा मतदाता संख्या आठ थियो भने तीन दल र एक स्वतन्त्रबाट चौधजनाको उमेदवारी परेको थियो ।

काँग्रेस, एमाले, राप्रपा र स्वतन्त्रबाट उम्मेदवारी परेको थियो । काँग्रेसबाट प्रमुख, उपप्रमुखलगायत छजना र एमालेबाट छ र अन्यमा राप्रपा र स्वतन्त्रका एक÷एक जना गरी १४ जना उमेदवार रहेका थिए ।

समन्वय समितिको मतदानमा भने एकजना मतदाता अनुपस्थित भएको मुख्य निर्वाचन कार्यालय, मनाङले जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले

(नारायण ढुङ्गाना) काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको

काठमाडौं । गंगा दाहाल पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको पात्र बनिरहेकी छिन्

काठमाडौँ । अहिले नेपालको समसामायिक विषयको बनेको छ ‘ग्रेटर नेपाल’ को नक्शा । भारतले