back
CTIZAN AD

किन चाहान्छन त रोनाल्डो इङल्यान्ड फर्किन ?

वि.सं.२०७४ साउन २२ आइतवार

717 

shares

ronaldo

२१ साउन, म्याड्रिड (स्पेन) । विश्व प्रसिद्ध फुटबल स्टार तथा रियल म्याड्रिडका अग्रपङ्तिका खेलाडी क्रिस्टियानो रोनाल्डोले स्पेनमा करका बिषयमा अनावश्यक झमेला दिएको जनाउँदै “आफू इङ्ल्याण्ड फिर्ता हुन चाहेको” बताएको स्पेनी रेडियो स्टेसन क्याडेना सेरले शनिबार जनाएको छ ।

रियल म्याड्रिड क्लबका तर्फबाट खेल्दै आएका पोर्चुगाली खेलाडी रोनाल्डोमाथि कर छली गरेको आरोपमा सोमबार अदालतले सुनुवाईका लागि बोलाएको छ । उनीमाथि एक करोड ७३ लाख अमेरिकी डलर बाराबरको कर छली गरेको आरोपमा स्पेनी अदालतमा मुद्दा चलाइएको छ ।

रोनाल्डोले बेलायती भर्जिज आइलेण्डस र आएरल्याण्डमा रहँदा ख्याति कमाएका थिए । यद्यपि रोनाल्डोले भने सन् २००४ मा आफूले बेलायती क्लब म्यानचेस्टर यूनाइटेडमा रहँदा सामान्य उचाई हाँसिल गरेपनि आफूले सन् २००९ मा रियलमा प्रवेश गरेपछि व्यापक ख्याति पाएको बताउदै आएका छन् ।

स्पेनमा उच्च तहका सवै फुटबल खेलाडीमाथि कर छली आरोपमा अनुसन्धान जारी राखिएको बताएपनि रोनाल्डोले भने आफ्नो प्रसिद्धिमा प्रभाव पार्ने अभिप्रायले सो आरोप लगाइएको रोनाल्डोले बताएका छन् ।
उनले अदालतमा यदि आफू क्रिस्टियानो रोनाल्डो भनेर नचिनिएको भऐ अदालतमा हाँजिर गराइने थिएन भनी अदालतमा समेत जनाएको स्पेनी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

चार पटकसम्म विश्व विजेता बनेका रोनाल्डोले सामाजिक सञ्जाल इन्सटाग्राममा लेखेका छन् “ मेरो चमत्कार र ख्यातिले मानिसलाई के बिगारेको थियो । कीराहरूले मात्र बत्ती र उज्यालोलाई आक्रमण गर्छन् ।”

स्पेनको आन्तरिक राजस्व मामिला सम्वद्ध जेस्था यूनियनका एक विज्ञल भनका छन् , “यदि यो मुद्दामा रोनाल्डो दोषी ठहरिएमा उहाँले कम्तिमा दुई करोड असीलाख यूरो बराबर जरिवाना र तीन बर्ष जेल सजाँए हुनेछ ।”

रियलका प्रशिक्षक जिनेदिन जिदानले जुनमा भएको च्याम्पियन लिगको फाइनलपछि रोनाल्डोलाई दिएको बिदापछि शनिबार मात्र स्पेनमा प्रशिक्षणमा फिर्ता भएका छन् ।

वि.सं.२०७४ साउन २२ आइतवार ०५:४४ मा प्रकाशित