Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

म्याग्दीका ग्रामीण क्षेत्रमा सञ्चालित अधिकांश औषधि पसल अवैध



८ भदौ , बेनी (म्याग्दी)। मानव स्वास्थ्य र उपचारजस्तो अति संवेदनशील क्षेत्रसँग सम्बन्धित औषधि पसल अनुगमन गर्ने अधिकारीको अभावमा म्याग्दीमा अवैधरुपमा त्यस्ता पसल सञ्चालन भइरहेका छन् ।

जिल्लाका ग्रामीण क्षेत्रमा सञ्चालित अधिकांश औषधि पसल अवैध भेटिएका हुन् । सरकारी अनुमति बिना अवैध रुपमा खुलेका फार्मेसी र क्लिनिक पसललाई कानुनी प्रक्रिया पूरा गर्न पटक पटक ताकेता गर्दासमेत अटेर गरेर बिना दर्ता अवैध रुपमा सञ्चालन भइरहेका जिल्ला जनस्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले स्थानीय पत्रपत्रिका, रेडियो, ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकीलगायत विभिन्न माध्यमबाट दर्ता प्रक्रिया पूरा गरेर सञ्चालन गर्न निर्देशन दिए पनि अटेर गरेको बेनी अस्पताल तथा जनस्वास्थ्य कार्यालयका प्रमुख डा वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट रोशन न्यौपानेले बताउनुभयो । “प्रत्यक्ष अनुगमन गर्ने अधिकारी छैन, धेरै गुनासो आउन थालेपछि अनुमति लिन दबाब दिइरहेका छौँ”, डा न्यौपानेले भन्नुभयो ।

जनस्वास्थ्य कार्यालयका अनुसार बेनीबजारमा १६ वटा फार्मेसी तथा औषधि पसल अनुमति लिएर सञ्चालन भइरहेका छन् भने सदरमुकामबाहिर जम्मा पाँचवटा औषधि पसलले औषधि व्यवस्था विभागबाट अनुमति लिएका छन् । सदरमुकामबाहिर तीन दर्जनभन्दा बढी औषधि पसल सञ्चालनमा छन् । “स्वास्थ्यकर्मीकै औषधि पसल अवैध छन्, अनुमति लिन अनुरोध गर्दासमेत बेवास्ता गर्छन”, जनस्वास्थ्यका एक कर्मचारीले बताए ।

अवैध रुपमा रहेका औषधि पसलले बिरामी भर्ना गर्ने, आफूखुसी औषधि दिने, उपकरण जडान गरेर बिरामीको उपचार गर्ने गरेको पाइएको सेवाग्राहीको गुनासो रहेको छ । दैनिक १० देखि ५० जनासम्म बिरामीको जाँच गर्ने फार्मेसी आफ्नो व्यक्तिगत नाम राखेर वर्षौंदेखि औषधि पसल चलाइरहेका छन् । बिनादर्ता सञ्चालन भएका केही फार्मेसीले गम्भीर प्रकृतिका बिरामीलाई समेत भर्ना गरेर राख्ने र निको नभएपछि रिफर गर्ने गरेको पाइएको छ ।

त्यस्तै कानूनले वर्जित गरेका तथा सम्बन्धित निकायबाट अनुमति लिएर बिक्री–वितरण गर्नुपर्ने औषधिसमेत खुलेआम बिक्री हुँदासमेत त्यसको नियमन हुन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले अवैध रुपमा सञ्चालित औषधि पसल भेटिएमा कडा कारबाही गरिने बताउनुभयो । “धेरैपटक मसँग पनि गुनासो आएको छ । अब गुनासो आएका सबै क्षेत्रमा पुगेर अनुगमन गरिन्छ”, प्रजिअ पौडेलले भन्नुभयो ।


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा