back
CTIZAN AD

म्याग्दीका ग्रामीण क्षेत्रमा सञ्चालित अधिकांश औषधि पसल अवैध

वि.सं.२०७४ भदौ ८ बिहीवार

1.5K 

shares

८ भदौ , बेनी (म्याग्दी)। मानव स्वास्थ्य र उपचारजस्तो अति संवेदनशील क्षेत्रसँग सम्बन्धित औषधि पसल अनुगमन गर्ने अधिकारीको अभावमा म्याग्दीमा अवैधरुपमा त्यस्ता पसल सञ्चालन भइरहेका छन् ।

जिल्लाका ग्रामीण क्षेत्रमा सञ्चालित अधिकांश औषधि पसल अवैध भेटिएका हुन् । सरकारी अनुमति बिना अवैध रुपमा खुलेका फार्मेसी र क्लिनिक पसललाई कानुनी प्रक्रिया पूरा गर्न पटक पटक ताकेता गर्दासमेत अटेर गरेर बिना दर्ता अवैध रुपमा सञ्चालन भइरहेका जिल्ला जनस्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले स्थानीय पत्रपत्रिका, रेडियो, ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकीलगायत विभिन्न माध्यमबाट दर्ता प्रक्रिया पूरा गरेर सञ्चालन गर्न निर्देशन दिए पनि अटेर गरेको बेनी अस्पताल तथा जनस्वास्थ्य कार्यालयका प्रमुख डा वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट रोशन न्यौपानेले बताउनुभयो । “प्रत्यक्ष अनुगमन गर्ने अधिकारी छैन, धेरै गुनासो आउन थालेपछि अनुमति लिन दबाब दिइरहेका छौँ”, डा न्यौपानेले भन्नुभयो ।

जनस्वास्थ्य कार्यालयका अनुसार बेनीबजारमा १६ वटा फार्मेसी तथा औषधि पसल अनुमति लिएर सञ्चालन भइरहेका छन् भने सदरमुकामबाहिर जम्मा पाँचवटा औषधि पसलले औषधि व्यवस्था विभागबाट अनुमति लिएका छन् । सदरमुकामबाहिर तीन दर्जनभन्दा बढी औषधि पसल सञ्चालनमा छन् । “स्वास्थ्यकर्मीकै औषधि पसल अवैध छन्, अनुमति लिन अनुरोध गर्दासमेत बेवास्ता गर्छन”, जनस्वास्थ्यका एक कर्मचारीले बताए ।

अवैध रुपमा रहेका औषधि पसलले बिरामी भर्ना गर्ने, आफूखुसी औषधि दिने, उपकरण जडान गरेर बिरामीको उपचार गर्ने गरेको पाइएको सेवाग्राहीको गुनासो रहेको छ । दैनिक १० देखि ५० जनासम्म बिरामीको जाँच गर्ने फार्मेसी आफ्नो व्यक्तिगत नाम राखेर वर्षौंदेखि औषधि पसल चलाइरहेका छन् । बिनादर्ता सञ्चालन भएका केही फार्मेसीले गम्भीर प्रकृतिका बिरामीलाई समेत भर्ना गरेर राख्ने र निको नभएपछि रिफर गर्ने गरेको पाइएको छ ।

त्यस्तै कानूनले वर्जित गरेका तथा सम्बन्धित निकायबाट अनुमति लिएर बिक्री–वितरण गर्नुपर्ने औषधिसमेत खुलेआम बिक्री हुँदासमेत त्यसको नियमन हुन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले अवैध रुपमा सञ्चालित औषधि पसल भेटिएमा कडा कारबाही गरिने बताउनुभयो । “धेरैपटक मसँग पनि गुनासो आएको छ । अब गुनासो आएका सबै क्षेत्रमा पुगेर अनुगमन गरिन्छ”, प्रजिअ पौडेलले भन्नुभयो ।

वि.सं.२०७४ भदौ ८ बिहीवार ०६:२६ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...