back
CTIZAN AD

‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ मिठाइदेवीलाई

वि.सं.२०७४ भदौ ३१ शनिवार

780 

shares

३१ भदौ, काठमाडौँ । यस वर्षको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ मिठाइदेवी विश्वकर्मालाई दिइएको छ ।

नेपाल स्रष्टा समाजको १० औँ साधारणसभाका अवसरमा शुक्रबार समाजका अध्यक्ष पवन आलोकद्वारा स्थापित सो सम्मानका साथ नेपाली भाषा–साहित्य र समाज सुधारका क्षेत्रमा महत्वपूर्ण योगदान दिएबापत विश्वकर्मालाई रु २५ हजार र प्रमाणपत्र दिइयो । समाजका अध्यक्ष आलोकले राणाकालमै नारी जागरणका प्रणेता योगमाया न्यौपानेका नाममा स्थापित उक्त सम्मान विसं २०६५ देखि निरन्तर दिइएको बताउनुभयो ।

यस्तै संस्थाका उपाध्यक्ष विधान आचार्यद्वारा स्थापित ‘सुभद्रा–विश्वराज साहित्य सम्मान’ साहित्यकार रमेशचन्द्र देवकोटालाई प्रदान गरिएको छ । यस वर्षदेखि स्थापित उक्त सम्मानका साथ रु ११ हजार १११ छ । यस्तै संस्थाका कोषाध्यक्ष पुष्पा खनालले पनि यही वर्षदेखि पुरस्कार स्थापना गर्नुभएको छ । उहाँले अर्को वर्ष प्रदान गर्नेगरी रु १० हजार राशिको ‘दमन्ता खनाल स्मृति नारी सम्मान’ स्थापना गर्नुभएको हो ।

सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले स्रष्टालाई राज्यले सम्मान गर्नुपर्ने भए पनि स्रष्टाले स्रष्टालाई नै सम्मान गरेर राम्रो कामको थालनी गरेको बताउनुभयो ।

विसं २०६५ मा स्थापित समाजमा हाल १४६ आजीवन तथा विशिष्ट सदस्य रहेको संस्थाका महासचिव चेतनाथ कणेलले जानकारी दिनुभयो ।

वि.सं.२०७४ भदौ ३१ शनिवार ०३:१७ मा प्रकाशित

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

पाटन (ललितपुर) । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा...

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२...