back
CTIZAN AD

एक किशोर बेपत्ता, एकको जीवितै उद्धार

वि.सं.२०७४ असोज ३ मंगलवार

816 

shares

तनहुँ, ३ असोज (रासस) : मादीसेती नदी संगमस्थल नजिकै आज दिउँसो पौडी खेल्न गएका दुई बालकमध्ये एकलाई पानीले बगाउँदा बेपत्ता भएका छन् भने अर्का एक बालकको जीवितै उद्धार गरिएको छ ।

बेपत्ता हुनेमा बागलुङ घर भई हाल व्यास–३ स्थित महर्षि वेदव्यास संस्कृत मावि कक्षा ९ मा अध्ययनरत १४ वर्षीय चिरञ्जीवी पौडेल छन् ।

सँगै पौडी खेल्न गएका जिल्ला नवलपरासी डण्डा घर भई हाल सोही विद्यालयको कक्षा १० मा अध्ययनरत अभिषेक अर्यालले साथी पौडेललाई बचाउन लाग्दा उल्टै नदीले बगाएको र उनलाई नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

उद्धार गरिएका किशोरको दमौली अस्पतालमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

वि.सं.२०७४ असोज ३ मंगलवार १३:०५ मा प्रकाशित

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौ । काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले...

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार...

सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक

सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले ल्याउने दीर्घकालीन परियोजना कोषले...

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगञ्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण...

मालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना

मालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना

रसुवा । स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा...

‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’

‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’

गोदावरी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पेट्रोलियम पदार्थ...