back
CTIZAN AD

बस दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच घाइते

वि.सं.२०७४ असोज १६ सोमवार

948 

shares

१६ असोज, पोखरा । कास्कीको मादी गाउँपालिकाको वडा नं १ सिल्दुजुरेबाट पोखरातर्फ आइरहेको ग१ख ४६९६ नंको बस आज दिउँसो वडा नं ६ को बाटुलेचौरस्थित बाटोमा पल्टँदा वडाध्यक्षसहित पाँचजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारीअनुसार बस मालिकसमेत रहनुभएका सो गाउँपालिका वडा नं १ का वडाध्यक्ष सूर्यबहादुर गुरुङ पनि दुर्घटनामा घाइते हुनुभएको छ । घटनामा गम्भीर घाइते प्रकाश गुरुङ र चोकबहादुर गुरुङको उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ भने तीनजनाको तप्राङ स्वास्थ्य चौकीमै उपचार गरिएको छ ।

बसभित्र र छतमा गरी ५० यात्रु बोकेर पोखरातर्फ आइरहेको सो बस बाटुलेचौरमा आइपुगेपछि हिलाम्मे बाटोमा पल्टेको यात्रु राजेन्द्र क्षेत्रीले जानकारी दिनुभयो ।

बस पल्टेपछि चालक भागेको र केही यात्रुले बसको अगाडिपट्टिको सिसा फुटालेर यात्रुलाई बाहिर निकालेका थिए । प्रहरीले फरार चालक इन्द्र तामाङले खोजी गरिरहेको छ ।

यस्तै बागलुङबाट पोखरातर्फ आइरहेको ना४ख १५९९ र पोखराबाट बागलुङतर्फ गइरहेको ग१ख ४८५९ नंको बस आज दिउँसो पोखरा–लेखनाथ महानगरपालिका–२५ हेम्जाको घट्टेखोलामा एकापसमा ठोक्किँदा पाँचजना घाइते भएको वडा प्रहरी कार्यालय बगरले जनाएको छ ।

घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

वि.सं.२०७४ असोज १६ सोमवार ११:४७ मा प्रकाशित

मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने

मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने...

पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता

पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता

खलङ्गा (दार्चुला) । दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक...

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत...

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधानलाई रोक लगाई...

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको...