back
CTIZAN AD

बाजुरा काँग्रेसले पठायो केन्द्रमा ४२ जनाको नाम

वि.सं.२०७४ असोज १९ बिहीवार

993 

shares

congresh-flag१९ असोज, बाजुरा । नेपाली काँग्रेस बाजुराले प्रदेश र संघका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।

आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि काँग्रेसले बुधबार उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएको पार्टी सभापति कविराज पण्डितले बताउनुभएको छ ।

सिफारिस गरिएको सूचीमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ कविराज पण्डित, देवराज जोशी, बद्रीप्रसाद पाण्डे र रामसिंह रावलको नाम छ । यीमध्ये बद्रीप्रसाद पाण्डे अहिले पनि व्यवस्थापिका–संसद् सदस्य र कविराज पण्डित जिल्ला पार्टी सभापति हुनुहुन्छ । त्यस्तै, देवराज जोशी पूर्व सांसद हुनुहुन्छ भने रामसिंह रावल त्रिवेणी नगरपालिकाका नगर प्रमुख हुनुहुन्छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ जुनाकुमारी दानी, निर्मलाकुमारी रावल, विद्यादेवी तिमिल्सेना, महा सनाई ९नेपाली० र होमनाथ जोशीको नाम सिफारिस भएको छ । तीमध्ये दानी महिलासंघ केन्द्रीय सदस्य, महा सनाई नेपाली, पूर्व समानुपातिक सांसद र होमनाथ जोशी जिल्ला हुलाक कार्यालय बाजुराका पूर्वप्रमुख हुनुहुन्छ ।

यसैगरी, प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नम्बर १ बाट जनकराज गिरीको मात्र नाम सिफारिस गरिएको छ । प्रदेशसभाको निर्वाचन क्षेत्रमा भने गिरी एक्लो उम्मेदवार बनेका हुन् । निर्वाचन क्षेत्र नम्वर १ मा समानुपातिकतर्फ १० जनाको नाम सिफारिस गरिएको छ ।

तीमध्ये अरुणकुमार शाही, ऐनबहादुर मल्ल, नरवीर कामी, निर्मलाकुमारी रावल, विद्या तिमिल्सेना, मनमती बूढा, रीता सिंह, साइमल लुहार, सुभद्रा भण्डारी ९पाण्डे० र शिव बोहरा रहेको पार्टी प्रवक्ता नरबहादुर शाहीले जानकारी दिनुभएको छ ।

यसैगरी, प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नम्बर २ मा ६ जनाको नाम रहेको छ जसमध्ये चक्रबहादुर शाह, जुनाकुमारी दानी, पदमबहादुर शाही, मनबहादुर रावल, मीनबहादुर धामी र रङबहादुर खातीको नाम सिफारिस गरिएको प्रवक्ता शाहीले बताउनुभयो । यसैगरी, प्रदेशतर्फ समानुपातिकमा १६ जनाको नाम केन्द्रमा पठाइएको छ ।

अमृताकुमारी सिंह, आनन्द मिजार, उमा रोकाया, ओमकार बोगटी भोटे, कौशल विक, खडक साउद, दिपादेवी बोहरा, धनराज पण्डित, पदमबहादुर नेपाली, पुने सार्की, वीरभाने विक, रनसिंहबहादुर अयडी, राधिकाकुमारी शाही ९सिंह०, सिर्जना ऐडी र शेरबहादुर खातीको नाम केन्द्रमा सिफारिस भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि सिफारिस भएका उम्मेदवारमध्ये जुनाकुमारी दानी, विद्यादेवी तिमिल्सेना र निर्मला रावलले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएको पाइएको छ । दुवै ठाउँमा उम्मेदवारी दिन नपाइने भएपनि जबर्जस्ती उम्मेदवारी दिएको नेपाली काँग्रेसले जनाएको छ ।

यसैगरी, प्रतिनिधिसभामा पनि नगरपालिका प्रमुख बनेका रामसिंह रावलले पनि प्रत्यक्षको लागि उम्मेदवारी दिएको बताइएको छ ।

आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० आन्तरिक छलफलमा रहेका छन् । एमाले माओवादीबीच ६०÷४० को भागबण्डा भएपनि उनीहरु आआफ्नै उम्मेदवारको नाम पठाउने तयारीमा रहेका छन् ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनपछि सुस्ताएको राजनीतिक चहलपहल बाजुरामा फेरि बढ्दै गएको छ ।

वि.सं.२०७४ असोज १९ बिहीवार ०६:५३ मा प्रकाशित

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

महेन्द्रनगर । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट...

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

भैरहवा (रुपन्देही) । रुपन्देहीको मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका–३ मा पर्ने...

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौँ  । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा...

सभापतिबाट राजीनामा नदिन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

सभापतिबाट राजीनामा नदिन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

काठमाडौँ । ललितपुर जिल्लाबाट स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले...

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...