back
CTIZAN AD

 दुर्घटना  हुँदा एकको मृत्यु

वि.सं.२०७४ असोज ३१ मंगलवार

783 

shares

३१ असोज , उर्लाबारी, मोरङ।  मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा गएराति एकजनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको गरेको मे५प ४९९९ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को६प ९६५९ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा ९६५९ नंको मोटरसाइकल पछाडि सवार कानेपोखरी गाउँपालिका–७ बस्ने ५६ वर्षीय शिवबहादुर राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति उपचारकै क्रममा मृत्यु भएको हो ।

सोही मोटरसाइकलका चालक ५७ वर्षीय विष्णुकुमार राई गम्भीर घाइते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा ४९९९ नंको मोटरसाइकलका चालक झापा बाह्रदसी गाउँपालिका–४ बस्ने ३० वर्षीय सन्तबहादुर ताजपुरिया र पछाडि सवार सोही ठाउँका २४ वर्षीय किरण राजवंशी सामान्य घाइते भएका छन् । उनीहरूको बेलबारीस्थित नोबेल सामुदायिक अस्पतालमा उपचार भइरहेको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।

वि.सं.२०७४ असोज ३१ मंगलवार ०३:४८ मा प्रकाशित

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...