
१५ कात्तिक, काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गतको समुह चरणको खेलमा टोटेन्ह्याम र रियल म्याड्रिड भिड्दै छन् । खेल टोटेन्ह्यामको घरेलु मैदान अर्थात ईङल्यान्डको राष्ट्रिय रंगशाला वेम्ब्लीमा हुनेछ । समुह एच अन्तर्गतको यो खेलमा रियलका पहिलो रोजाईका ५ खेलाडी समावेश हुने छैनन् । चोटका कारण रियलका फरवार्ड तथा टोटेन्ह्यामका पुर्व खेलाडी ग्यारेथ बेल, सेवालोस, कोभाकिक, किलोर नाभास तथा राफेल भारानले आजको खेल खल्ने छैनन् । यसै गरि टोटेन्ह्यामका स्टार फरवार्ड हेरी केनले पन आजको खेल खेल्नेमा शंका छ । ह्यामस्ट्रिङका कारण गत हप्ता प्रिमियर लिगमा म्यान्चेष्टर युनाईटेड सँगको खेल गुमाएका केनले आजको खेल समेत गुमाउन सक्नेछन् ।
समुह एचमा रहेका यी टोलीको समान सात अंक रहेको छ । तर गोल अन्तरको आधारमा टोटेन्ह्याम समुहको शीर्ष स्थानमा रहेको छ । दुवै टोलीले आज जित निकाल्दै समुहको शीर्ष स्थानमा उक्लिने दाउमा हुने छन् । खेल आज राति नेपाली समयअनुसार साढे १ मा हुने छ ।