back
CTIZAN AD

क्याटर पिलरका उत्पादन अब नेपालका मुख्य सबै शहरहरूमा

वि.सं.२०७४ कात्तिक २२ बुधवार

633 

shares

cat-1

२२ कात्तिक, काठमाडौँ । बतास ट्रयाक्टर्स प्रालिले उपभोक्ताको माग र मुलुकको आवश्यकतालाई हृदयंगम गर्दै क्याटर पिलर (क्याट)का उत्पादनहरू मुलुकका सबैजसो प्रमुख शहरहरूमा उपलब्ध गराएको छ । बतास अर्गनाइजेसन अन्तर्गतको बतास ट्रयाक्टर्स प्रालि, अमेरिकी हेभी इक्युपमेन्ट ब्रान्ड क्याटर पिलरको नेपालका लागि एकमात्र आधिकारिक विक्रेता हो । कम्पनीले क्याटर पिलरका एक्स्क्याभेटर, ह्विल लोडर, ब्याकहो लोडर ४२६, मोटर ग्रेडर, डोजर लगायतका हेभी इक्युपमेन्टहरू काठमाडौंसहित नारायणगढ, बुटवल, नेपालगञ्ज, धनगढी, हेटौंडा, इटहरि लगायतका सहरहरूमा उपलब्ध गराएको हो । ती स्थानमा पर्याप्त स्पेयर्स पाट्र्स र दक्ष प्राविधिकको ग्यारेन्टीसहित सेवा समेत सुरु गरिएको हो ।

हेभी इक्युपमेन्ट उत्पादक कम्पनीहरूमध्ये संसारकै अग्रणी क्याटर पिलरका उत्पादनहरू नेपालमा बतास ट्रयाक्टर्स प्रालिमार्फत बिक्री सुरु भएसँगै छोटो समयमै लोकप्रिय भएको कम्पनीले जनाएको छ । मुलुकभर २४ घन्टाभित्र दक्ष प्राविधिकसहितको सेवा उपलब्ध गराउँदै आएको कम्पनीले अपरेटरहरूलाई ट्रेनिङका लागि ‘सिमुलेटर’को सेवासमेत उपलब्ध गराइरहेको छ । नेपालमा विकास निर्माणका कामको बढ्दो गतिसँगै गुणस्तरीय इक्युपमेन्टको आवश्यकतालाई मध्यनजर गर्दै बतास ट्रयाक्टर्स प्रालिले क्याटर पिलरका ‘क्याट’ ब्राण्डका हेभी इक्युपमेन्टको बिक्री सुरु गरेको बतास ट्याक्टर प्रालिका कार्यकारी निर्देशक दिपेन्द्र मल्लले जानकारी   दिए ।

क्याटका मेसिनहरूमा बिना इञ्जेक्टर जडित मेकानिकल फ्युल पम्प रहेकाले जस्तोसुकै डिजेललाई पनि आफैं प्रशोधन गर्ने क्षमतामा रहेको छ । मुलुकका स्थापित निर्माण व्यवसायीहरूले पहिलेदेखि रुचाउँदै आएको क्याटका उत्पादनहरू बतास ट्रयाक्टर्समार्फत बिक्री सुरु भएपछि निर्माण व्यवसायीहरूले पनि निकै सजिलो महशुस भएको प्रतिक्रिया दिएको निर्देशक मल्लले बताए ।

“क्याटका मेसिन संसारभर नम्बर १ हुन् भन्ने स्थापित भइसकेकाले हामीलाई नेपालमा ब्रान्डिङ गर्न निकै सजिलो भइरहेको छ, त्यसैले चाँडै नै नेपालमा पनि क्याटर पिलर नम्बर १ हुनेछ भन्नेमा हामी ढुक्क छौं,” निर्देशक दिपेन्द्र मल्ल भन्छन् , “संसारको सबैभन्दा पुरानो र स्थापित ब्राण्ड भएकाले क्याटको बिक्रीमार्फत मुलुक निर्माणमा योगदान पु¥याउन पाएकोमा हामी गर्व गर्दछौं ।” संसारका अधिकांश ठूला आयोजना निर्माणमा प्रयोग हुने क्याटर पिलरका उत्पादन कम्पनीसँग पर्याप्त मात्रामा उपलब्ध रहेकाले यसको बुकिङपछि डेलिभरीका लागि लामो समय प्रतिक्षा गर्नुपर्ने बाध्यता उपभोक्तालाई छैन । कम्पनीले स्पेयर्स पार्ट्सको पर्याप्तता र सुनिश्चतताका लागि ढुक्क रहन उपभोक्तालाई आग्रह गरेको छ ।
क्याट अमेरिकी ब्राण्ड हो भने संसारका विभिन्न मुलुकमा उत्पादन हुँदै आइरहेको छ । संसारका विभिन्न अध्ययनहरूले हेभी इक्युपमेन्टका क्षेत्रमा यसलाई हरेक वर्ष नम्बर १ ब्राण्डका रूपमा घोषणा गर्दै आएका छन् । बतास अर्गनाइजेसनले यसअघि कार, बस, मोटरसाइकल र ट्रयाक्टहरू बिक्री गर्दै आइरहे पनि हेभी इक्युपमेन्टमा क्याट पहिलोपटक नेपाली बजारमा भित्र्याएको हो ।

वि.सं.२०७४ कात्तिक २२ बुधवार ०६:०९ मा प्रकाशित

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

युनाइटेड रोबो फेस्ट ४.० भव्य रुपमा सम्पन्न

युनाइटेड रोबो फेस्ट ४.० भव्य रुपमा सम्पन्न

काठमाडौँ । ‘युनाइटेड रोबो फेस्ट ४.०’ भव्य रुपमा सम्पन्न भएको...