back
CTIZAN AD

ट्वीटरमा धेरै शब्द लेख्न नमिलेर हैरान भएको थियो हैन ? अब चिन्ता नलिनुस

वि.सं.२०७४ कात्तिक २२ बुधवार

831 

shares

twitter

२२ कात्तिक, काठमाडौँ । ट्वीटरले मंगलबार ट्वीटमा अबदेखि २८० अक्षर सम्म लेख्न मिल्ने व्यवस्था बनाउने भएको छ । आफ्ना प्रयोगकर्ताको मागलाई सम्वोधन गर्दै ट्वीटरले अझै धेरै प्रयोगकर्ता आर्कषित गर्न र यसमा अबद्धताको साथै सक्रियकता बढाउन यो कदम चालिएको हो ।
‘सेप्टेम्बरको शुरुवातदेखि यसको परिक्षण शुरु हुने ट्वीटरले जनाएको छ ।

यस अघि ट्वीटरमा १४० शब्द सम्म लेख्न मिल्ने व्यवस्था रहेको थियो ।

ट्वीटरका अनुसार जापानिज, कोरियन चाइनिजबाहेक अन्य सबै भाषाहरुमा यो लागु हुनेछ ।

ट्वीटरले ११ वर्षअघि स्थापना भए यता ट्वीटरले अक्षरहरुको सीमितता बढाएको यो पहिलो अवसर हो ।

वि.सं.२०७४ कात्तिक २२ बुधवार ०८:१० मा प्रकाशित