back
CTIZAN AD

जन्म र मृत्यु संस्कारसँग जोडिएको अनौठो ‘भुस पोल्ने’ पर्व

वि.सं.२०७४ कात्तिक २७ सोमवार

753 

shares

bhus-parba बागलुङ । ताराखोला गाउँपालिका–२ अर्गलको मगर समुदाय अहिले ऐतिहासिक ‘भुस पोल्ने’ पर्वमा रमाइरहेको छ ।

सयौँ वर्ष पुरानो सांस्कृतिक परम्परालाई उनीहरुले धुमधामसँग मनाउने गर्छन् । चार दिनदेखि चलिरहेको पर्वको मुख्य दिन आइतबार पूर्वसभामुख ओनसरी घर्ती सरिक हुनुभएको छ । पर्वलाई सम्बोधन गर्दै उहाँले ऐतिहासिक सम्पदा र संस्कृति मुलुकका धरोहर रहेको बताउनुभयो ।

घर्तीले मुलुकको पहिचान स्थापित गर्न सबै जातजाति, धर्म, संस्कृतिका समुदायको योगदान रहेको उल्लेख गर्नुभयो । “पर्व, रीतिरिवाजमा हामी सम्पन्न छौँ, मात्र संरक्षण र उत्थानको खाँचो छ”–घर्तीले भन्नुभयो । उहाँले मगर समुदाय भाषा, कला र संस्कृतिले झन् धनी रहेको तर्क गर्दै आफ्नो पहिचानको रक्षामा जुट्न मगर समुदायलाई आग्रह गर्नुभयो ।

धवलागिरि क्षेत्रमै चर्चा कमाएको ऐतहासिक भुस पोल्ने पर्वलाई अर्गलबासीले वर्षदिनकै उत्सवका रुपमा लिने गरेका छन् । पन्ध्रौँ शताब्दीदेखि सुरु भएको मानिने यसपर्वको प्रवद्र्धनमा अर्गल खेलकुद विकास मञ्चले पहल लिएको छ ।

मञ्चकै आयोजनामा बर्सेनि कात्तिक महिनामा ‘भुस पोल्ने पर्व’ लाई फेरिँदो रुपमा मनाउन थालिएको हो । मगर बाहुल्य रहेको अर्गलका अन्य समुदायको समेत सक्रियतामा भुस पोल्ने पर्वको उत्थानमा टेवा पुगेको मञ्चले जनाएको छ । अर्गलका रैथाने घर्तीमगरहरुले सयौं वर्षदेखि मनाउँदै आएको भुसपोल्ने पर्वमा पछि विविधता थप्ने प्रयास गरिएको मञ्चका अध्यक्ष लोकबहादुर क्षेत्रीले बताउनुभयो ।

मञ्चले प्रतियोगितात्मक खेलकुद, सांस्कृतिक कार्यक्रम सहित पर्वको आयोजना गर्ने गरेको छ । आफ्ना पुर्खाहरुले खोरिया खनी थातथलो बसाएको स्मृतिमा बर्सेनि कात्तिक २४ गते भुस पोल्ने र कात्तिक २६ गते छापे खन्ने गरिएको स्थानीय संगम घर्तीमगरले बताउनुभयो ।

मगर अगुवाहरुका अनुसार पाल्पाको अर्गेलीबाट आएका आफ्ना पुर्खाहरुले खोरिया खनेको र बाली लगाउन सुरु गरेको दिनलाई भुस पोल्ने पर्वको संज्ञा दिई मनाउने गरिएको हो । भुस पोल्ने पर्वलाई भूमि र श्रमको पूजाको रुपमा लिन सकिने घर्तीमगरको भनाइ छ ।

लामो इतिहास र सांस्कृतिक महत्व बोकेको भुस पोल्ने पर्वको संरक्षण गर्नु सबैको दायित्व भएको उहाँको भनाइ छ । भुस पोल्ने पर्व जन्म र मृत्यु संस्कारसँग समेत जोडिएको छ । हरेक वर्ष कात्तिक २४ अगावै जहिले मुत्यु भएपनि मृतकका परिवारमा गरिने मृत्यु संस्कार, बरखी, दुख कात्तिक २६ गते समाप्त हुने प्रचलन छ ।

कात्तिक २४ गतेपछि मुत्यु भएमा भने वर्ष भरिनै दुःख बार्नुपर्ने मगर अगुवा पहलमान घर्तीमगरले बताउनुभयो । कात्तिक २६ गते आफ्ना छोरी, भाञ्जाभाञ्जीलाई घरमा बोलाइ दान दक्षिणा दिई मुत्यु संस्कार पुरा गर्ने चलन रहेको घर्तीमगरको भनाइ छ ।

कात्तिक २४ गते विधिवत पूजाआजा गरी समुदायको स्वामित्वमा रहेको शङ्खुबारीमा भुस पोल्ने र कात्तिक २६ गते अविवाहित युवायुवतीहरुले छापे खन्ने र विवाहितहरुले बीउ छर्ने गर्छन् ।

त्यसरी छरिएको बीउबाट उब्जेको बाली समुदायकै ज्येष्ठ व्यक्ति भएको घरमा राख्ने गरिएको छ । शङ्खुबारीमा लगाइएको बाली रेखदेख र प्रयोग गर्ने घरलाई शङ्खुघर नामाकरण गर्ने चलन समेत छ । अर्गलमा पन्ध्रौँ शताब्दीतिर पाल्पाको अर्गेलीबाट पुन, पुलिसा, ओसासा र नाउसा थरका घर्तीमगरहरु आई बसोबास गरेको बताइन्छ ।

वि.सं.२०७४ कात्तिक २७ सोमवार ०२:५२ मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...