back
CTIZAN AD

यस्तो छ निर्वाचन तयारीका लागि कांग्रेसले गठन गरेको उपसमिति

वि.सं.२०७४ कात्तिक २८ मंगलवार

690 

shares

congresh-flag

२८ कात्तिक, काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय सदस्य एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले काँग्रेसले मूल समिति मातहतमा प्रचारप्रसार, अनुगमन तथा मूल्यांकन, शान्तिसुरक्षा व्यवस्थापन समन्वय, भ्रातृ संस्था परिचालन, शुभेच्छुक संस्था परिचालन, मतदाता शिक्षा प्रशिक्षण, आर्थिक समृद्धि र विकास समन्वय, प्राविधिक, पूर्वराष्ट्रसेवक समन्वय, कला सांस्कृतिकर्मी समन्वय र नेपाली जनसम्पर्क समिति समन्वय उपसमिति गठन गरेको जानकारी दिनुभयो ।

उपसमितिलाई जिल्लामा पार्टीका उम्मेदवारलाई विजयी गराउन जिल्लास्तरका पार्टीका सबै संयन्त्र परिचालन गरी विधागत काम गर्ने जिम्मेवारी तोकिएको छ । काँग्रेसले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनको तयारीका लागि आजैदेखि सबै जिल्लामा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिसमेत खटाएको छ ।

केन्द्रीय प्रतिनिधिले पार्टी उम्मेदवारलाई विजयी गराउन जिल्लाका सबै संयन्त्र परिचालन गर्ने, आवश्यक तथ्यांक संकलन गरी केन्द्रमा जानकारी गराउने, लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच समन्वय गर्नेलगायत काम गर्ने नेता खाँणले बताउनुभयो ।

पार्टीले प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले मुलुकभरका चुनावी आमसभालाई सम्बोधन गर्ने तालिकासमेत सार्वजनिक गरेको छ । प्रधानमन्त्री देउवाले यही कात्तिक २५ गते ताप्लेजुङबाट चुनावी प्रचारको थालनी गरिसक्नुभएको छ ।

प्रधानमन्त्री देउवाले पहिलो चरणमा कात्तिक २८ गते नेपालगञ्ज, २९ गते धनगढी, ३० गते डडेलधुरा, आगामी मंसिर १ गते बैतडी र दार्चुला तथा २ गते बाजुरा र बझाङमा नेता कार्यकर्ता भेटघाट र चुनावी आमसभालाई सम्बोधन गर्ने पार्टी कार्यालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री देउवाले चुनावी सुरक्षासम्बन्धी बैठकमा आवश्यक निर्देशनसमेत दिनुहुनेछ ।

काँग्रेसले पहिलो चरणमा हुने ३२ जिल्लाका ३७ मध्ये ३५ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएको छ भने बाँकी दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र नयाँ शक्ति पार्टीसँग गठबन्धन गरेको छ । त्यस्तै ३७ निर्वाचन क्षेत्रमा ७४ प्रदेशसभामध्ये ६६ मा उम्मेदवारी दिई बाँकी प्रदेशमा राप्रपा, राप्रपा (प्रजातान्त्रिक), संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिसँग गठबन्धन गरेको नेता खाँणले जानकारी दिनुभयो ।

दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काँग्रेसले ४५ जिल्लाका १२८ मध्ये ११८ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । बाँकी १० निर्वाचन क्षेत्रमा अन्य दलसँग गठबन्धन गरेको पार्टी कार्यालयले जनाएको छ । त्यस्तै १२८ निर्वाचन क्षेत्रका २५६ मध्ये २५४ प्रदेशसभामा काँग्रेसले उम्मेदवारी दिएको नेता खाँणले जानकारी दिनुभयो । निर्वाचनमा पार्टीको तयारी, आवश्यक रणनीति र वर्तमान जनमतका आधारमा काँग्रेसले प्रत्यक्षतर्फ ५५ र समानुपातिकमा ४५ प्रतिशत गरी बहुमत स्थानमा जित हासिल गर्ने निश्चित भएको नेता खाँणले जिकिर गर्नुभयो ।

वि.सं.२०७४ कात्तिक २८ मंगलवार ०२:३५ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

दमौली (तनहुँ) । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...