back

 मतदाताको माग ः सडक र बिजुली

वि.सं.२०७४ मंसिर १४ बिहीवार

345 

shares
IME Limited
NTC AD

१४ मंसिर, उर्लाबारी, मोरङ । मोरङ भन्ने बित्तिकै एउटा सुगम जिल्लाको रुपमा चिनिन्छ । तर मोरङ जिल्लाका कतिपय यस्ता विकट क्षेत्र छन् जहाँ अहिलेसम्म पनि सहज यातायात सेवा, बिजुली र स्वास्थ्य सेवा पुग्न सकेको छैन ।

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा दलका उम्मेदवार यसपटक पनि ती विकट क्षेत्रमा सडक र बिजुली पु¥याइदिने पुरानै प्रतिबद्धता बोकेर मतदाताकहाँ पुगेका छन् । निर्वाचनमा भोट माग्न आउने नेतासँग २२ वर्षदेखि गाउँमा सुविधा सम्पन्न सडक र बिजुलीको माग गरे पनि पूरा हुन नसकेको मिक्लाजुङ गाउँपालिका–१ रमितेखोलाकी लिला लिम्बूले बताउनुभयो ।

गाउँमा सुविधा सडक र बिजुली माग गरेको दुई दशक पार गर्दा पनि पूरा हुन सकिरहेको छैन । उहाँका अनुसार निर्वाचन आउँदा नेताहरुले वर्षौंदेखि सडक र बिजुलीको एजेण्डा मात्रै बोकेर आउने गरेका छन् । निर्वाचनका बेला नेताका लागि रमितेखोला सडक र बिजुलीको मुख्य एजेण्डा बन्ने स्थलका रुपमा मात्रै परिचित भएको लिम्बूले बताउनुभयो । बिसं २०५२ बाट टाँडीदेखि आइतबारेसम्मको १३ किलोमिटर सडकको ट्रयाक खोलिए पनि त्यहाँबाट स्तरोन्नतिको कुनै काम हुन सकेको छैन ।

विसं २०६० सम्ममा ट्रयाक खोल्ने काम पनि सकियो । तर त्यसको १४ वर्षसम्म सडकको स्तरोन्नतिका लागि कुनै काम हुन सकेको छैन । मोरङको साविक टाँडी गाविस हालको मिक्लाजुङ गाउँपालिका–३ देखि साविकको रमितेखोला गाविस हालको मिक्लाजुङ–१ सम्म सडकको ट्रयाक खोल्ने काम स्थानीयस्तरको दबाबमा भए पनि त्यसपछि सडक विकासका कुनै काम भएका छैनन् । सुगम जिल्लाका रुपमा चिनिने मोरङको रमितेखोला जिल्लाकै कर्णालीका रुपमा परिचित छ । अतिनै दुर्गम र विकट स्थानका रुपमा रहेको रमिते खोलासम्म पुग्ने सडक अति नै जीर्ण छ ।

खोलिएको ट्रयाकमा सवारी आवागमन गर्न एकदमै गाह्रो छ । स्थानीय बासिन्दा ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य छन् । स्थानीय बताहा खोलामा बर्खामा आउने बाढीका कारण टाँडी र रमिते खोलासम्म सवारी आवागमन ठप्प भएर आवतजावत बन्द हुनुका साथै रमितेखोलाको पूर्वी मोरङसँग सम्पर्कनै विच्छेद हुने गरेको छ । रमितेखोलामा हालसम्म केन्द्रीय प्रसारणको विद्युत् पनि पुग्न सकेको छैन ।

रमितेखोलास्थित टाँडी माविका प्रधानाध्यापक अमृत राईले नेतामा इच्छा शक्तिको कमी हुँदा सुगम जिल्ला भनेर चिनिने मोरङको दुर्गम र विकट क्षेत्रका बासिन्दा सधँैभरि पीडामा हुने गरेको बताउनुभयो । स्थानीय समाजसेवी पर्वत राईले स्थानीयस्तरमा सडक, बिजुली, स्वास्थ्य र शिक्षाको समस्या रहेको बताउनुभयो । उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी सुविधा सम्पन्न सहरसम्म पुग्नुपर्ने बाध्यता छ ।” प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मोरङको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने मिक्लाजुङमा धेरै नेता भोट माग्न पुगिसकेका छन् । स्थानीयवासीका अनुसार सबै नेताले रमितेखोलामा विद्युत् र सुविधासम्म सडक आफ्नो प्राथमिकतामा रहेको भाषण गर्ने गरेका छन् । रमितेखोलामा एक हजार ३०० मतदाता छन् ।

वि.सं.२०७४ मंसिर १४ बिहीवार ०५:३४ मा प्रकाशित

आज थप चार प्रदेशमा फैलियो मनसुन

आज थप चार प्रदेशमा फैलियो मनसुन

काठमाडौं । नेपालमा १५ दिन अगावै भित्रिएर रोकिएको मनसुन आज...

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती...

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

काठमाडौं । विज्ञहरूले बढ्दो तापक्रमले ल्याउन थालेका विपत्तिबाट हुने जन...

चट्याङ लागेर बालकको मृत्यु

चट्याङ लागेर बालकको मृत्यु

बागमती । वर्षासँगै आज चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्यु...

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

गोदावरी (कैलाली) । कैलालीमा १८ स्थानमा जलमापन केन्द्र र २२...

कौरा संरक्षण गर्न प्रतियोगिता

कौरा संरक्षण गर्न प्रतियोगिता

दमौली (तनहुँ) । जिल्लाको भिमाद नगरपालिका–१ बडहर भञ्ज्याङमा कौरा संरक्षणका...