back
CTIZAN AD

मानव बेचबिखनको रुप बदलिँदै, छालाको समेत व्यापार हुन थालेको चिन्ता

वि.सं.२०७४ मंसिर २० बुधवार

783 

shares
२० मंसिर, रत्ननगर, चितवन । मानव बेचबिखनको रुप बदलिन थालेको भन्दै चितवनका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । चितवनको भरतपुरमा माइती नेपालले आयोजना गरेको अन्तरक्रियामा न्यायाधीश, कानून व्यवसायी तथा अधिकारकर्मीले यस्तो बताएका हुन् ।

चितवनका जिल्ला न्यायाधीश कुलप्रसाद शर्माले मानव बेचबिखनको रुप बदलिएर मानव तस्करमा पुगेको भन्दै यसको नियन्त्रणका लागि सरोकालवाला निकायको सामूहिक प्रयासको खाँचो रहेको औँल्याउनुभयो ।

मानव बेचबिखनविरुद्ध न्यायिक निकाय, प्रभावित सरोकारवाला तथा मानवअधिकार रक्षकबीच हिजो भएको अन्तरक्रियाका क्रममा न्यायाधीश शर्माले अहिले भारतमा मात्रै नभएर वैदेशिक रोजगारीको नाममा विश्वका अन्य मुलुकमा बेचबिखन तथा यौनशोषण हुने गरेको उल्लेख गर्नुभयो ।

माइती नेपालकी कानुन अधिकृत तथा अधिवक्ता सजनी जोशीले रुप बदलिएर वैदेशिक रोजगार र शिक्षा, झूटो विवाह, मसाज पार्लर, विभिन्न अंग बेचबिखन तथा छालाको व्यापारका लागि मानव तस्कर हुने गरेको पाइएको बताउनुभयो । “पछिल्लो समयमा खत मेट्न, स्वरुप बदल्न मानिसको छाला झिक्ने क्रम देखिएको छ,’ जोशीले भन्नुभयो, ‘यस्ता घटनासमेत देखिन थाल्नु चुनौतीको विषय हो ।’

विश्वमा हरेक वर्ष २० लाख मानिस बेचबिखनमा पर्ने गरेको सो अवसरमा जानकारी दिइयो । तीमध्ये ७० प्रतिशत महिला र पाँच प्रतिशत बालबालिका छन् । सरोकारवालाले बेचबिखनमा फितलो कानून, सुनुवाइमा समस्या, न्यायको पहुँचमा कमी, उद्धार पुनःस्थापनामा समस्या देखिएको छ ।

कार्यक्रममा हालै माइती नेपालको प्रयासमा उद्धार गरिएकी एकजना पीडित महिलाले आफूलाई राम्रो जागिर भनेर ओमन लगे पनि २४ घण्टासम्म काममा खटाएर शारिरीक शोषण गरेको अनुभव सुनाउनुभयो । त्यस्तो समस्यामा सयौँ नेपाली महिला परिरहेको उहाँको भनाइ थियो ।

बार एशोसिएशन चितवनका अध्यक्ष गोविलाल देवकोटाले मानव बेचबिखनको स्वरुप बदलिएको भन्दै गाउँमा जिम्मेवार निकायलाई भेटेर परिचयपत्र देखाउँदै कामका लागि मान्छे लाने भनेर तस्करी हुने क्रम बढेको उल्लेख गर्नुभयो ।

माइती नेपाल चितवनका कार्यक्रम संयोजक ईश्वर गिरीले स्नातक पढेकासमेत तस्करमा परेको भन्दै जुनसुकै समुदायसमेत प्रलोभनमा प्रभावित हुने गरेको उल्लेख गर्नुभयो ।

वि.सं.२०७४ मंसिर २० बुधवार ०४:४० मा प्रकाशित

गृहमन्त्रीद्वारा निर्वाचनको ‘मनिटरिङ’

गृहमन्त्रीद्वारा निर्वाचनको ‘मनिटरिङ’

काठमाडौँ । निर्वाचन सुरक्षाका सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार...

श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङद्वारा मतदान

श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङद्वारा मतदान

धरान (सुनसरी) । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले...

एक सय पाँच वर्षीय खड्काले गरे पहिलो मतदान

एक सय पाँच वर्षीय खड्काले गरे पहिलो मतदान

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका–२ चपली मतदान केन्द्रमा पहिलो मतदाताका रुपमा...

काठमाडौँमा शान्तिपूर्ण रुपमा मतदान जारी

काठमाडौँमा शान्तिपूर्ण रुपमा मतदान जारी

काठमाडौँ । काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ शान्तिपूर्ण...

नेपाली कांग्रेसका सभापति थापाद्वारा मतदान

नेपाली कांग्रेसका सभापति थापाद्वारा मतदान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर...

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान

काठमाडौँ । उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौँ क्षेत्र...