Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

रेडक्रसले ल्यायो पाँचथरमा पहिलोपटक शववाहन



२० मंसिर, पाँचथर ।  पाँचथरमा पहिलोपटक शववाहन ल्याइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरले शववाहन ल्याएको हो ।

रु ३९ लाख पर्ने उक्त शववाहन भन्सार छुट हुँदा रु १५ लाख ७६ हजारमा आइपुगेको सोसाइटीका पाँचथर सभापति कृष्ण बास्कोटाले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वतमान सांसद श्रीप्रसाद जवेगुले सांसद विकास कोषबाट दिनुभएको रु १० लाख, फिदिम नगरपालिकाको रु तीन लाख तथा नपुग रकम जिल्ला शाखाको आन्तरिक स्रोत र ऋण सापटी गरी शववाहन ल्याइएको हो ।

उक्त शववाहन अप्राकृतिक मृत्यु भएको जस्तै आत्महत्या, दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिलाई ओसारपसार गर्न मात्रै प्रयोग गरिने रेडक्रस सोसाइटीका कार्यकारी अधिकृत गुरु तिम्सिनाले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले २४ घण्टामा नर्भिक अस्पताल परिसरमा सरकारी सम्झौता

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्