back
CTIZAN AD

दुइदिने चीन शैक्षिक महोत्सव शुरु

वि.सं.२०७४ मंसिर २३ शनिवार

675 

shares

२३ मंसिर, काठमाडौँ  : नेपाललाई चीनको विश्वविद्यालयका बारेमा जानकारी गराउने उद्देश्यले दुइदिने ‘चीन शैक्षिक महोत्सव’ शुरु भएको छ ।

‘फ्रेस स्टार्ट नेपाल’को आयोजनामा आजदेखि काठमाडौँमा शुरु भएको महोत्सवमा चीनका ६ वटा विश्वविद्यालयको सहभागिता रहेको छ ।

महोत्सवमा नान्जिङ युनिभर्सिटी अफ एयनोटिक्स एण्ड एक्स्टोनोटिक्स, ज्याङ्सु युनिभर्सिटी, चाइना युनिभर्सिटी अफ जियो साइन्सेस, सान्दोङ नर्मल युनिभर्सिटी, चाइना युनिभर्सिटी अफ माइनिङ एण्ड टेक्नोलोजी र सान्दोङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीको सहभागिता रहेको छ ।

महोत्सवको उद्घाटन गर्दै शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्सालले चीनको शिक्षाका बारेमा जानकारी दिन नेपालमा महोत्सव गराएर स्टार्ट नेपालले राम्रो काम गरेको बताउनुभयो । “उच्च शिक्षाका लागि नेपाली विद्यार्थी विभिन्न देशमा गइरहेको बेला चीनले निःशुल्क उच्च शिक्षा दिएर राम्रो काम गरेको छ,” उहाँले भन्नुभयो ।

स्टार्ट नेपालका प्रमुख दीपेश रेग्मीले स्टार्ट नेपालले सन् २०१२ देखि नेपाली विद्यार्थीलाई चीनका विभिन्न विश्वविद्यालयमा पढ्ने अवसर प्रदान गर्दैआएको बताउनुभयो । महोत्सवको तीन हजार व्यक्तिले अवलोकन गर्ने आयोजक संस्थाले जनाएको छ ।

वि.सं.२०७४ मंसिर २३ शनिवार ०८:०७ मा प्रकाशित

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा...

आधा दर्जन पुल अलपत्र

आधा दर्जन पुल अलपत्र

चन्द्रपुर (रौतहट) । रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने...

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक...