back

दुइदिने चीन शैक्षिक महोत्सव शुरु

वि.सं.२०७४ मंसिर २३ शनिवार

390 

shares
IME Limited
NTC AD

२३ मंसिर, काठमाडौँ  : नेपाललाई चीनको विश्वविद्यालयका बारेमा जानकारी गराउने उद्देश्यले दुइदिने ‘चीन शैक्षिक महोत्सव’ शुरु भएको छ ।

‘फ्रेस स्टार्ट नेपाल’को आयोजनामा आजदेखि काठमाडौँमा शुरु भएको महोत्सवमा चीनका ६ वटा विश्वविद्यालयको सहभागिता रहेको छ ।

महोत्सवमा नान्जिङ युनिभर्सिटी अफ एयनोटिक्स एण्ड एक्स्टोनोटिक्स, ज्याङ्सु युनिभर्सिटी, चाइना युनिभर्सिटी अफ जियो साइन्सेस, सान्दोङ नर्मल युनिभर्सिटी, चाइना युनिभर्सिटी अफ माइनिङ एण्ड टेक्नोलोजी र सान्दोङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीको सहभागिता रहेको छ ।

महोत्सवको उद्घाटन गर्दै शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्सालले चीनको शिक्षाका बारेमा जानकारी दिन नेपालमा महोत्सव गराएर स्टार्ट नेपालले राम्रो काम गरेको बताउनुभयो । “उच्च शिक्षाका लागि नेपाली विद्यार्थी विभिन्न देशमा गइरहेको बेला चीनले निःशुल्क उच्च शिक्षा दिएर राम्रो काम गरेको छ,” उहाँले भन्नुभयो ।

स्टार्ट नेपालका प्रमुख दीपेश रेग्मीले स्टार्ट नेपालले सन् २०१२ देखि नेपाली विद्यार्थीलाई चीनका विभिन्न विश्वविद्यालयमा पढ्ने अवसर प्रदान गर्दैआएको बताउनुभयो । महोत्सवको तीन हजार व्यक्तिले अवलोकन गर्ने आयोजक संस्थाले जनाएको छ ।

वि.सं.२०७४ मंसिर २३ शनिवार ०८:०७ मा प्रकाशित

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज (पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११...

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा । यहाँको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज...

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

काठमाडौँ । सांसदहरुले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा...

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

वालिङ (स्याङ्जा) । स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका...

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

पाटन (ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले...

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट...