back

मुलुककै पहिलो वायु–सौर्य ऊर्जा प्रणाली स्थापना

वि.सं.२०७४ मंसिर २७ बुधवार

672 

shares
IME Limited
NTC AD

suryaurja

२७ मंसिर, काठमाडौँ । सिन्धुलीको हरिहरपुरगढी गाउँमा मुलुककै पहिलो वायु–सौर्य ऊर्जा प्रणाली स्थापना भएको छ । उक्त ऊर्जा केन्द्रबाट मंगलबारदैखि विद्युत् प्रवाह पनि थालिएको छ ।

त्यस अवसरमा जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमाले नेपालको ऊर्जा क्षेत्रमा निरन्तर सहयोग गरेकामा एडिबीप्रति आभार व्यक्त गर्दै दिगो विकासका लक्ष्य हासिल गर्ने नेपालको प्रयासमा नवीन एवं नवीकरणीय ऊर्जाको महत्वपूर्ण योगदान हुने बताउनुभयो ।

यहाँस्थित एडिबीका अनुसार बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले स्वच्छ, विश्वसनीय र खर्च गर्न सकिने स्वच्छ ऊर्जामा गाउँका जनताको पहुँच वृद्धि भएपछि स्थानीय आय वृद्धिका साथै बाह्य विश्वसँग उनीहरूको सम्पर्क स्थापना हुने बताउनुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले स्वच्छ ऊर्जाको उपयोगले ग्रामीण भेगमा आर्थिक गतिविधिमा बढोत्तरी हुने विश्वास व्यक्त गर्नुभयो ।

एशियाली विकास बैंक (एडिबी)को दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)अन्तर्गतको ऊर्जा प्रणाली विस्तार परियोजनामा एडिबीका साथै नेपाल सरकारले लगानी गरेको थियो । सूर्य र हावाबाट बिजुली उत्पादन गर्न उक्त परियोजनामा करिब रु एक अर्ब ६२ करोड लगानी भएको थियो । उक्त परियोजनाबाट दैनिक ११० किलोवाट बिजुली उत्पादन हुनेछ । उत्पादित बिजुली ८३ घरमा आपूर्ति भइरहेको छ ।

वि.सं.२०७४ मंसिर २७ बुधवार ०२:१४ मा प्रकाशित

सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?

सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष साउन ६...

३५ अंकले घट्यो नेप्से, कारोबार रकम पनि झण्डै तीन अर्ब कम

३५ अंकले घट्यो नेप्से, कारोबार रकम पनि झण्डै तीन अर्ब कम

काठमाडौंं । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक (नेप्से)...

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा उल्लेख्य काम

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा उल्लेख्य काम

काठमाडौँ । वर्तमान सरकार गठन भएको एक वर्ष भएको छ।...

देशैभर आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ

देशैभर आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ

काठमाडौँ । देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

मौद्रिक नीति सकारात्मक : सिबिफिन

मौद्रिक नीति सकारात्मक : सिबिफिन

काठमाडौँ । दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक...