back

प्रदेश नं ५ को राजधानी दाङमा हुनपर्ने माग गर्दै प्रदर्शन

वि.सं.२०७४ पुस २ आइतवार

552 

shares
IME Limited
NTC AD

dang२ पुस, दाङ  ।  प्रदेश नं ५ को राजधानी दाङमा हुनुपर्ने माग गर्दै आज प्रदर्शन भएको छ । बुटवल क्षेत्रका जनताले त्यहाँ राजधानी बनाउन लबिङ थालेको भन्दै दाङमा त्यसको विरोधमा प्रदर्शन भएको हो ।

तुलसीपुरमा आज जनदबाब भन्दै ¥याली निकाली कोणसभासमेत भएको छ । कोणसभालाई सम्बोधन गर्दै उच्च अदालत तुलसीपुरमै रहेको, प्रदेश प्रहरी प्रमुखको कार्यालय तुलसीपुरमै रहेको, रेडियो नेपालको प्रदेशस्तरीय रिले स्टेशन तुलसीपुरमै रहेको, पहिलो बैठकका लागि भवनसमेत तयार भएको अवस्थामा यसविपरीत बुटवल राजधानी बनाइने हल्ला चलाएकाले त्यसको पछाडि नलाग्नसमेत स्थानीयवासीलाई सचेत गराइएको छ ।

कोणसभालाई सम्बोधन गर्दै नागरिक समाज, दाङका संयोजक टीकाराम रेग्मीले दाङ राजधानी भएन भने त्यो घोषणा भएको दश मिनेटमै नागरिकले आन्दोलन छेड्ने र केन्द्रमा घेर्नेसम्म बताउनुभयो ।

त्यस्तै, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले दाङ राजधानी बनाउन आफूहरू जस्तोसुकै कदम चाल्नसमेत तयार भएको बताउनुभयो ।

महिला अधिकारकर्मी सुष्मा गिरीले दाङ प्रदेश नं ५ को केन्द्रमा रहेको, सबैभन्दा ठूलो भूगोल भएको हुँदा वैदेशिक सीमा क्षेत्रमा राजधानी राख्नु उपयुक्त नहुने तर्क गर्नुभयो । “दाङ राजधानी भएन भने जस्तोसुकै मूल्य चुकाउन दाङ पछि पर्नेछैन,” उहाँले भन्नुभयो ।

त्यस्तै, सहभागीहरुले सबै क्षेत्रको केन्द्र र सबै किसिमले उपयुक्त जिल्ला दाङ रहेको तर्क गरेका थिए ।

वि.सं.२०७४ पुस २ आइतवार १४:४३ मा प्रकाशित

एमाले पोलिटव्यूरो बैठक जारी

एमाले पोलिटव्यूरो बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा सदस्यहरूले आआफ्नो...

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाई जहाजको...

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

नेपालगञ्ज । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा सम्बन्ध बिच्छेदका मुद्दा...

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

अत्तरिया (कैलाली) । कैलाली भन्सार कार्यालय धनगढीले रु आठ अर्ब...