back
CTIZAN AD

गाउँमा पैसा उठाएर सडक निर्माण

वि.सं.२०७४ पुस ३ सोमवार

861 

shares

३ पुस, ताप्लेजुङ  । केही दिनअघि जिल्लाको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा जन्ती बोकेर पहिलो पटक पिकअप गाडी पुग्यो । गाडीको हर्न बजेको सुनेर सबै गाउँले दगुर्दै सडकमा भेला भए । गाडी रोकिएपछि कोहीले ढोग्न थाले त कोहीले एकआपसमा भलाकुसारी गर्न थाले ।

स्थानीय चन्द्रीमाया बुढाथोकीले पिकअपलाई ढोग्दै भन्नुभयो, “अब नाम्लोमा नून र चामलका बोरा बोक्नुपर्ने दिन गए, हिँड्न पनि नपर्ने भयो ।” उक्त सडक निर्माण गर्न रु एक लाख बढीको लगानी गरेका स्थानीय प्रेमराज श्रेष्ठको भने खुसीको सीमा नै रहेन । श्रेष्ठको आँगन छेउमा नै रहेको सडकमा गाडी आएर रोकिएपछि हतारहतार कुर्सी जम्मा गर्नुभयो र गाडीमा आएका जन्ती र भेला भएका गाउँलेलाई चिया पकाएर खुवाउनुभयो ।

आँगनको डिलमा उभिएर जन्तीतिर हेर्दै श्रेष्ठले भन्नुभयो, “सरकारले सडक बनाइदिन्छ कि भनेर सबैतिर ताकेता गरियो, वर्षांै कुरेर बसियो आखिर कतैबाट पार नलागेपछि गाउँमा पैसा उठाएर सडक निर्माण गरेका हौँ, पहिलो पटक गाडी लिएर तपाईहरु आउनुभयो, एकदमै खुशी लाग्यो ।”

साविकको खेवाङ, सुरुम्खिम, मेहेले गाविसवासीले पैसा संकलन गरेर निर्माण गरेको कच्ची सडक गाउँमा नै पुगेपछि स्थानीयवासी अहिले एकातिर हर्षित छन् भने अर्कातिर अझै राज्यको नजर पर्खिरहेका छन् । बाटो मात्र खोलिएको सडकमा पाँचथरबाट जन्ती बोकेर कठिनका साथ पिकअप गाडी पुग्दा खुशीले भरिएका स्थानीयलाई निरन्तर गाडी चढेर ओहोरदोहोर गर्ने रहर छ तर रहर पूरा गर्न भने अझै यो सडकको निर्माण र स्तरोन्नति गनुपर्ने आवश्यकता रहेको सवारी चालक बताउँछन् । कतै साँघुरो, कतै धेरै उकालो ओरालो भएकाले अहिले नै सहजरुपमा गाडी गुड्ने अवस्था नरहे पनि बाटो मात्र पुग्दा स्थानीयवासीमा खुशी छाएको छ ।
सडकसँगै पुल निर्माणका लागि सरोकारवाला पक्षबाट पहल गरिनुपर्ने उनीहरुको भनाइ छ । पुलबिना सडक मात्रै पुगेर कुनै अर्थ नहुने स्थानीय बताउँछन् । हिउँदको समयमा पुल नभएका खोलामा खोला भित्रैबाट गाडी पार गरिए पनि वर्षात्को समयमा भने पार गर्न सकिँदैन । जिल्लाका अधिकांश क्षेत्रमा सडक पुगे पनि समयमा नै पुल नबन्दा समस्या देखिएको छ ।

वि.सं.२०७४ पुस ३ सोमवार ०५:५० मा प्रकाशित

 सलहेश फूलबारी मेलाको अन्तरराष्ट्रियकरणको खाँचो

 सलहेश फूलबारी मेलाको अन्तरराष्ट्रियकरणको खाँचो

काठमाडौँ । नयाँ वर्षको दिन सिरहाको लहानमा अवस्थित लोकनायक सलहेश...

राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौं : पूर्वप्रधानमन्त्री कार्की

राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौं : पूर्वप्रधानमन्त्री कार्की

काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र...

गृहमन्त्री गुरुङद्वारा नारायणगढ-बुटवल सडक खण्ड अनुगमन : समयमै काम सम्पन्न गर्न निर्देशन

गृहमन्त्री गुरुङद्वारा नारायणगढ-बुटवल सडक खण्ड अनुगमन : समयमै काम सम्पन्न गर्न निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गरेका...

मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

सुरुङ्गा (झापा) । यहाँको कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट...

झापाका दुई उद्योगमा आगलागी

झापाका दुई उद्योगमा आगलागी

सुरुङ्गा (झापा) । यहाँको बिर्तामोड नगरपालिका–४ मा सञ्चालित दुई उद्योगमा...

यस्तो बन्दैछ ‘पोखरा घर’

यस्तो बन्दैछ ‘पोखरा घर’

गण्डकी । पर्यटकीय राजधानी पोखरालाई चिनाउने ‘पोखरा घर’ निर्माण अन्तिम...