back
CTIZAN AD

नाराबाजी र विरोधका बीच गाउँपालिकाको नाम परिवर्तन

वि.सं.२०७४ पुस १३ बिहीवार

729 

shares

gaupalika

१३ पुस, रोल्पा ।  गाउँपालिकाको नाम परिवर्तन गर्ने विषयमा जनताको व्यापक असन्तुष्टि र नाराबाजी हुन थालेपछि रोल्पाको एक गाउँपालिकाले प्रहरी घेराबीच बैठक सम्पन्न गरी नाम समेत परिवर्तन गरेको छ ।

पूर्वी रोल्पाको सुवर्णावती गाउँपालिकाका बहुमत जनप्रतिनिधिको बैठकले सो नाम परिवर्तन गरी शहीद सुनिल स्मृति गाउँपालिका नामाकरण गरेको हो । बैठकमा गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले नाम परिवर्तनको प्रस्ताव गरेसँगै १९ जना सदस्यले विरोध जनाउँदै बैठक बहिष्कार गरेर निस्किएको बताइएको छ ।

प्रस्तावप्रति व्यापक असन्तुष्टि र विरोध जाहेर गर्दागर्दै पनि सुनुवाइ नभए पछि बाहिर निस्कनुको विकल्प भएन वडाध्यक्ष गंज क्षेत्रीले भन्नुभयो । हाम्रो बहिष्कारपछि सामान्य बहुमतको आधारमा निर्णय भएको आफूले जानकारी पाएको क्षेत्रीले बताउनुभयो ।

गाउँपालिका बाहिर जनताको व्यापक विरोध र नाराबाजी हुँदा ठूलो संख्यामा प्रहरी परिचालन गरेर बैठक गरी नाम परिवर्तनको निर्णय गरेको क्षेत्रीले आरोप लगाउनुभयो । लोकतन्त्रमा अल्ममतको पनि कदर हुने भएपनि उहाँहरुले कसैको कुरा नसुनेर निरंकुश शैलीमा निर्णय गर्नुभयो, क्षेत्रीले भन्नुभयो ।

उता गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले भने सर्वसम्मत हुन नसकेको विषय अल्पमत, बहुमतमा टुंग्याउने विषय भएकाले कानूनको शासन र लोकतन्त्रको मर्मअनुसार गाउँपालिकाको नाम परिवर्तन गरेको बताउनुभयो ।

नाम परिवर्तनको विषयले शहीदको स्मृति र सम्मानसमेत भएकाले अधिकांश जनप्रतिनिधि र जनताले समर्थन गरेको अध्यक्ष घर्तीले प्रतिक्रिया दिनुभयो ।

वि.सं.२०७४ पुस १३ बिहीवार ०६:२५ मा प्रकाशित

सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव

सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव

काठमाडौ । सुर्तीजन्य पदार्थका कारण बर्सेनि ३९ हजार बढी नागरिकले...

मुस्ताङका उच्चलेकमा यार्सागुम्बा सङ्कलन

मुस्ताङका उच्चलेकमा यार्सागुम्बा सङ्कलन

 मुस्ताङ । जिल्लाका पाँचमध्ये चार स्थानीय तहका उच्चलेंकमा औषधीय गुण...

बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने

बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने

बागमती । बागमती प्रदेश सरकारले तीनदिन विभिन्न कार्यक्रम गरी ‘गणतन्त्र...

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला...

हुरीले घर भत्किँदा महिलाको मृत्यु

हुरीले घर भत्किँदा महिलाको मृत्यु

चन्द्रपुर (रौतहट) । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले...

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

चितवन । नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको...