back
CTIZAN AD

किर्तिमानी मूल्यमा भान डिज्क लिभरपुलमा अनुबन्धित हुदैँ

वि.सं.२०७४ पुस १३ बिहीवार

813 

shares

virgil van

१३ पुस, एजेन्सी । ईङलिश क्लब साउथह्याम्पटन तथा नेदरलयान्डका सेन्टर ब्याक भर्जिल भान डिज्क किर्तिमानी रकममा लिभरपुल अनुबन्धित भएका छन् ।

२६ वर्षिय डिफेन्डर भान डिज्क ७५ मिलियन पाउन्ड बराबरको रकममा लिभरपुल अनुबन्धित हुने भएका हुन् । जुन रकम डिफेन्डरको लागि तिरिएको अहिलेसम्मकै उच्च हो । यो सिजनको सुरुआतमा मोनाकोबाट ५२ मिलियन पाउन्डमा बेन्जामिन मेन्डी म्यान्चेष्टर सिटीमा अनुबन्धित भएका थिए । उक्त किर्तीमानी तोड्दै मर्सिसाईड क्लब लिभरपुलले भान डिज्कलाई भित्राउने भएको हो ।

virgil van dijk

यस्तै लिभरपुलले भान डिज्कलाई तिरेको रकम क्लबले अहिलेसम्म तिरेको उच्च रकम समेत हो । लिभरपुलले यस अघि अर्को सिजन आउने गरि जर्मन क्लब आरबी लाईपजिगका मिडफिल्डर नेबी काईतालाई ४८ मिलियन पाउन्ड रकम तिर्दै भित्राउने भएको थियो । जुन रकमको किर्तीमानी तोड्दै लिभरपुलले भान डिज्कलाई भित्राएको हो ।
यस सिजन प्रिमियर लिगमा खेलिएका २० खेलमा २३ गोल खाएको लिभरपुल शीर्ष ४ अन्तर्गत सबैभन्दा धेरै गोल खाने टोली समेत हो । भान डिज्कको आगमनले लिभरपुलको रक्षात्मक लाईन सुधार हुने अपेक्षा गरिएको छ ।

वि.सं.२०७४ पुस १३ बिहीवार ०६:४७ मा प्रकाशित

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...