back
CTIZAN AD

कठ्याङ्ग्रिने जाडोका कारण बाराको दलित बस्ती प्रभावित

वि.सं.२०७४ पुस १३ बिहीवार

1K 

shares

chiso

१३ पुस, वीरगञ्ज ।  केही यता पश्चिमी वायु पुनः सक्रिय भएका कारण कठ्याङ्ग्रिने जाडोमा बाराको तेलकुवामा रहेका मुसहर बस्तीका दलितहरु प्रभावित भएका छन् ।
एकसय ६० घरधुरी रहेको मुसहर बस्तीका अधिकांश फुसको घरमा गतिलो ओढ्ने ओछ्याउने कपडा अभाव भएकाले अत्यधिक चिसोमा जनजीवन नै कष्टकर भएको ७० वर्षीय तनु माझीको गुनासो छ ।

लोकतन्त्र प्राप्तिपछि देशमा ठूलाठूला परिवर्तन भए पनि तेलकुवाका मुसहरहरुको जीवनमा परिवर्तन आउन नसकेकाले कठ्याङ्ग्रिने जाडो छल्न आगोको सहारा लिनुपर्ने बाध्यता रहेको बाबुलाल माझी पिडा सुनाउनुहुन्छ ।
सधैँभरि अभाव र पीडाबीच गुज्रिएका मुसहर छानाविहीन छाप्रोमा बस्नु पर्ने बाध्यताका कारण विभिन्न रोगबाट प्रभावित भएको सञ्चारकर्मी तथा मानवअधिकारकर्मी श्यामबाबु यादवको भनाइ छ ।

कलैयाको बरियारपुर सडकखण्डको भुतहीपुलदेखि करिब दुई किमीको दूरीमा रहेको सो बस्ती छेउबाट खोला बगेको छ । साउनको अन्तिम साता आएको वर्षाका कारण बाढीले बस्तीका लत्ताकपडा बगाएर लगेको पीडा ताजा नै छ भने अर्काेतिर जाडो र शीतलहरको कहर पनि हामीमाथि नै थपिएकाले हाम्रो जीवन कष्टकर बन्न थालेको भरछिया माझीे गुनासो गर्नुहुन्छ ।
जाडो बढ्दै गएपछि बाराको दलित बस्तीमात्र नभएर पर्सालगायत प्रदेश नं २ को जनजीवन कष्टकर बन्दै गएको छ । बढ्दो चिसोले निमोनिया, दम र डायरियाका बिरामी बढ्न थालेको स्वास्थ्य संस्थाको भनाइ छ ।

जाडो बढ्न गएकाले शीतलहर र हुस्सुका कारण यातायात क्षेत्र, दैनिक मजदुरी गर्ने मजदुर बालबालिका वृद्धवृद्धा प्रभावित भएका छन् भने चिसोका कारण मानिस घरबाहिर निस्कन सकेका छैनन् । अधिकांश मानिस चिसोबाट बच्न आगोको साहारा लिन थालेका छन् । शीतलहरका कारण किसानले खेतबाट धान उठाउन र गहुँ खेती पनि गर्न सकेका छैनन् ।

वि.सं.२०७४ पुस १३ बिहीवार ०७:१९ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...