
मनको बादल हटाउदै आकाश जस्तै खुल्दै थिए
मुस्कुराउदै तिम्रो बगैचामा भमरा बनी डुल्दै थिए
।
दुखाउदै प्रहार गर्यौ फेरी, कोपिलामै चुडाइ दियौ
मायाको सुबास बनी ढुक–ढुकीमा फूल्दै थिए
।
बुझ्नै सकिन तिमीलाई मौनतामा अडिग बन्यौ
आफ्नै मुटु टुक्राउदै अंन्जान बस्तीमा घुल्दै थिए
।
मख्ख हुन्थे तिम्रै बारेमा दुनियाँले ठीक्क पार्दा
बिबस हुँदै फगत झुटो आश्वासनमा भुल्दै थिए
।
मनको बादल हटाउदै आकाश जस्तै खुल्दै थिए
मुस्कुराउदै तिम्रो बगैचामा भमरा बनी डुल्दै थिए
।
ओमसतिया– १ कटैया रुपन्देही भैरहवा
वि.सं.२०७४ पुस १३ बिहीवार ०७:४८ मा प्रकाशित