back
CTIZAN AD

गजल

वि.सं.२०८२ चैत २१ शनिवार

1.1K 

shares

भूपाल अधिकारी,विराटनगर

हेपेर भन्छ जसले निर्धन गँवार हुन्छ
उसको त्यही मगजमा थुप्रै विकार हुन्छ

जुन वस्तु हुन्छ उत्तम व्यापार बढ्छ त्यसको
कमसल छ माल भन्ने धेरै प्रचार हुन्छ

हिँड्ला गरेर माया जो मात्र एकतर्फी
साँच्चै उही हमेसा दिलको बिमार हुन्छ

मान्छे जहाँ हुनेछन् आत्मा लिलाम गर्ने
हर चिज त्यहाँ सधैंभर बिक्ने बजार हुन्छ

कानुन छ खुब अनौठो हाम्रो यसै मुलुकमा
निर्दोष जेल पर्दा दोषी फरार हुन्छ

बहर : मुजारे मुसम्मन अखरब
अर्कान : मफ्ऊल , फाइलातुन् मफ्ऊलु फाइलातुन्
वजन : २२१ – २१२२ – २२१ – २१२२
काफिया : आर
रदिफ : हुन्छ
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८२ चैत २१ शनिवार ०७:०४ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...