back
CTIZAN AD

गजल

वि.सं.२०८२ चैत २१ शनिवार

666 

shares

बीके मुखिया,वाङदे
दार्जिलिङ,भारत।

तिम्रो पुलुक्क कर्के हेराइमा छ केही
आँखा जमिन नियाल्छन् टोलाइमा छ केही

सुन्दर मुहार तिम्रो कोमल गुराँसजस्तै
गल्ली कुरेर बस्छौ पर्खाइमा छ केही

बन्दैन भक्त कोही चन्दन लगाउँदैमा
जसको छ राम मुखमा सोचाइमा छ केही

पीडा अनेक झेल्दै मान्छे मरेर जान्छन्
छल्किन्छ आँसु धेरै भोगाइमा छ केही

बैँसालु जिन्दगीमा मायालु हुन्छ धेरै
गल्ती हजार गर्छन् रोजाइमा छ केही

बहर : मुजारे मुसम्मन अखरब
अर्कान : मफ्ऊल , फाइलातुन् मफ्ऊलु फाइलातुन्
वजन : २२१ – २१२२ – २२१ – २१२२
काफिया बन्धन : आइ
तहलिली रदिफ : मा
रदिफ : छ केही
अभ्यास : उज्यालो पाठशाला

वि.सं.२०८२ चैत २१ शनिवार ०७:०६ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...