back
CTIZAN AD

कविता : प्रजातन्त्र

वि.सं.२०८२ चैत २१ शनिवार

675 

shares

कविराज घिमिरे,चाँगुनारायण भक्तपुर

प्रजातन्त्र हाम्रो छ साँचो बिगार्ने
अरू नाङ्गिँदा झन् छ नेता सिँगार्ने
भरौटे चरौटेहरूकै छ मोज
भएको छ जन्ताहरूको बिजोग ।। १

यहाँ बोल्न पाइन्छ पाइन्न खान
वृथा लेख्न मात्रै भयो वर्तमान
छ जो लुट्न सक्ने उसैको छ गान
सिधा बन्न खोज्ने सबै छन् चिहान ।। २

विदेशी दलाली बनी हुन्छ उच्च
मिलेको छ हन्डी पुगेको समुच्च
यहाँ धर्म माऱ्यो प्रजातन्त्र आई
छ सर्वत्र सर्पो हराएर गाई ।। ३

न भाषा रह्यो वा न संस्कार बाँच्यो
उता मर्छ बाबा यता पुत्र नाच्यो
हरे ! आँगनीको प्रजातन्त्र कस्तो ?
न बाँचिन्छ खाँदा बिसैलो छ यस्तो ।। ४

प्रजातन्त्रले देश हाँसोस् हँसाओस्
खुसीसाथ जन्ताहरूमा नचाओस्
बनुन् दास नेता सबैका उपल्ला
चुलोमा सबैको तबै अग्नि बल्ला ।। ५

छन्द : भुजङ्गप्रयात
गण: य – य – य – य
सङ्केत: ISS – ISS – ISS – ISS
विश्राम : ६/६ (६ र १२ अक्षर) मा

वि.सं.२०८२ चैत २१ शनिवार ०७:०८ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...