back
CTIZAN AD

देखियो पक्षपात / ज्येष्ठनागरिकको भावमा

वि.सं.२०८२ चैत २१ शनिवार

648 

shares

तारा विष्ट छन्दार्पण,दाङ, हाल -मलाय

आमाबाबा सबैका जनक र जननी भेद राख्नै नमिल्ने
हामी सन्तान सारा फरक किन भयौँ देव देवी न पुज्ने
आमाकै याद गर्दै गजल र कविता कोरिए खात-खात
बाबाको नाम केही अलिकति नहुँदा देखियो पक्षपात !१

बाबाआमा दुवै हुन् अतिशय रथका जोर पाङ्ग्रा नबिर्सौँ
राख्दै आस्था भरोसा मनुज जनहरू कार्य कर्तव्य खोजौँ
प्यारो संसार हाँक्ने सबल प्रणयका घामछाया प्रणाम
हामी सन्तानले नै किन-किन गरियो व्यर्थमा पक्षपात !२

बाबा नै थाम हाम्रा घर दलिन बने जिन्दगीका सहारा
थाप्ने हुन् काँध बाबा कठिन समयमा टार्न पीडा दुखेसा
बाबाको कार्य भुल्दै कतिपय रचना कोर्दछन् यी जमात
सोच्दा हुन् दुःख मानी कविजन सबले गर्दछन् पक्षपात !३

आमाका दुग्धधारा अविरल ममता स्नेहका कर्ज धेरै
आमाले भोक आफ्नो रहर भुलिदिने दिव्य सन्तान भन्दै
हिँड्ने गर्छिन् सदा जो रनवन घरको काम टार्दै अथाह
छोराछोरी पियारा असल कब हुने गर्दछौँ पक्षपात !४

पर्दा बाधा समस्या छलफल दिलले गर्दछन् जन्मदाता
टार्छन् बाधा दुवैले सहमत निजका बन्दछन् नित्य प्यारा
देवी हुन् देवता यी गुरु अनि रथ हुन् प्रेरणा लाख-लाख
एकै हुन् बाउआमा अब त न गरियोस् घोर यो पक्षपात !५

छन्द : स्रग्धरा
गण : म – र – भ – न – य – य – य
सङ्केत : SSS – SlS – lll – lSS – lSS – lSS
अक्षर सङ्ख्या : २१
विश्राम : ७ र १४ अक्षरमा

वि.सं.२०८२ चैत २१ शनिवार ०७:१० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...